रगतमा कोलेस्टेरोल र ट्रिग्लिसीराइडको मात्रा बढ्नु भनेको मुटुको रोग लाग्ने सम्भावना बढ्नु हो । दैनिक २५–५० ग्राम नियमित भटमास सेवन गर्ने हो भने यो खतराबाट जोगिन सकिन्छ । अमेरिकन हर्ट एसोसियसनका अनुसार रगतमा कोलेस्टोरोलको मात्रा बढेको खण्डमा दैनिक २०–२५ ग्राम सोया प्रोटिनको सेवन गर्नु ज्यादै लाभदायक हुन्छ ।
यसरी भटमास (सोया प्रोटिन) को सेवनले शरीरको लागि लाभदायक एच.डी कोलेस्टेरोलको मात्रा बढाउँछ र खराब कोलेस्टेरोललाई घटाउने गर्दछ ।
साभारः ‘एकसे एक उपचार’ पुस्तकबाट