• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, May 15, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    ‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

    पचपन्न वर्षको उमेरमा नागरिकता

    पचपन्न वर्षको उमेरमा नागरिकता

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश

by
५ चैत्र २०७९,
0
राष्ट्रपतिसमक्ष उपराष्ट्रपति निर्वाचनको परिणामसहितको प्रतिवेदन पेश
0
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोगले उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन पेश गरेको छ । यही चैत ३ मा सम्पन्न उपराष्ट्रपतिको निर्वाचनमा यादव ३० हजार ३२८ मतभारसहित निर्वाचित हुनुभएको थियो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आज राष्ट्रपति भवन शीतल निवासमा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले सो प्रतिवेदन बुझाउनुभएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले नेपालको संविधानको भाग २४ धारा २४६ मा संविधान र संघीय कानूनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, संघीय संसदका सदस्य, प्रदेशसभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्नु आयोगको प्रमुख कार्य रहने व्यवस्थाबमोजिम आयोगले ती निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र शान्तिपूर्णरूपमा कुशलतापूर्वक सम्पन्न गरेकामा आयोगलाई धन्यवाद दिनुभयो ।

उहाँले निर्वाचन लोकतन्त्रको सुन्दर पक्ष भएकाले निर्वाचन सफलतापूर्वक सम्पन्न हुनुले लोकतन्त्र परिपक्क हुँदै गएको उल्लेख गर्नुभयो । प्रमुख आयुक्त थपलियाले गत फागुन २५ मा निर्वाचित भई राष्ट्रपति जस्तो मुलुकको सर्वाेच्च र गरिमामय पदमा रही महत्वपूर्ण जिम्मेवारी सम्हाल्नुभएकामा राष्ट्रपति पौडेलप्रति बधाइसहित सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले यो वर्ष निर्वाचनमय वर्ष रहेको उल्लेख गर्दै गत वर्ष २०७८ माघ १२ गते राष्ट्रियसभाको रिक्त १९ पदको निर्वाचनबाट सुरु भएको यो शिलशिला यही चैत ३ मा उपराष्ट्रतिको निर्वाचन सम्पन्न भएसँगै पूरा भएको बताउनुभयो । यस कार्यमा नेपाल सरकार, सम्बन्धित निकाय, राजनीतिक दल, उम्मेदवार, मतदाता र सबै पक्षको सहयोगका लागि आयोगका तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो । उपराष्ट्रपतिको निर्वाचनमा कुल ५२ हजार ६२८ मतभार मध्ये उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादव ३० हजार ३२८ मतभार प्राप्त गर्नुभएको थियो ।

कार्यक्रममा निर्वाचन आयुक्तहरू रामप्रसाद भण्डारी, डा जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, आयोगका सचिव गोकर्णमणि दुवाडीसहित सहभागी हुनुभएको थियो । नेपालको संविधानको धारा ६७ अनुसार नेपालमा एक उपराष्ट्रपति रहने र राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट सम्पादन गरिने कार्यहरू उपराष्ट्रपतिबाट सम्पादन गरिने व्यवस्था छ । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ ले दिएको अधिकार प्रयोग गरी २०७९ माघ १६ गतेको आयोगको बैठकबाट २०७९ चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन गर्ने गरी मिति तोकिएको थियो । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिँदै हुनुहुन्छ ।

Previous Post

विदेशमा ठक्करः स्वदेशमा अवसर

Next Post

इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

सम्बन्धित खबर

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’
आवाज

‘राज्यको सञ्चार संरचना नै समावेशी छैन’

१ जेष्ठ २०८२,
लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय
आर्थिक

लगानी बोर्ड बैठक : परियोजनाहरूको प्राथमिकीकरण र अध्यावधिक गर्ने निर्णय

१ जेष्ठ २०८२,
उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली
जीवन शैली

उभौलीको रौनक सुरु, टोलटोलमा साकेला सिली

१ जेष्ठ २०८२,
डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित
समाचार

डा. दाहालको ‘जोडिएका कुरा’ कृतिको लोकार्पण, विभिन्न श्रष्ठाहरु सम्मानित

१ जेष्ठ २०८२,
पचपन्न वर्षको उमेरमा नागरिकता
आवाज

पचपन्न वर्षको उमेरमा नागरिकता

१ जेष्ठ २०८२,
कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक
आर्थिक

कञ्चनजङ्घा हिमाल हेर्न माईजोगमाईमा पर्यटक

१ जेष्ठ २०८२,
Load More
Next Post
इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

इक्वेडरमा शक्तिशाली भूकम्प, १५ जनाको मृत्यु

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In