महात्मा गान्धीसँग एक पटक शिष्यले प्रश्न गरे, ‘कुनै कार्य गरिरहेको बेलामा यो वास्तवमा उचित हो या अनुचित कसरी जाँच्ने ? महात्मा गान्धी यो कुरा सुनेर एक क्षणको लागि मुस्कुराए र बोले, जब तिमी आफ्नो कामलाई निरन्तरता दिन्छौ, त्यो वेला विश्वका सबैभन्दा गरिब, बाध्य र विवश मानिसको सम्झना गर र आफैसँग प्रश्न गर जुन पाइला तिमी उठाउन गइरहेका छौ, त्यो ती मानिसहरुको लागि कति उपयोगी रहनेछ ।
के यसले उनीहरुलाई केही फाइदा हुन्छ, के यसले ती उसले करोडौँ मानिसहरुको मनमा स्थान पाउनेछ जसको पेट भोको छ र मन अमृत । यदि तिमीले जवाफ हुन्छ मा पायौ भने सोच तिमीले ठीक गरेका छौ ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट