– जुन खानेकुरा खाइसकेपछि पानी खाने इच्छा हुन्छ, त्यो हाम्रा लागि स्वाभाविक तथा प्राकृतिक आहार होइन । त्यस्ता खानेकुरा रोगप्रदायक र गरिष्ठ अन्तर्गत पर्दछन् । (आगोमा पकाएका प्रायःसबै खाद्यवस्तुहरु, भुटेको, तारेको, डढाएको, माछा–मासु, रुखो तथा सुख्खा खानेकुराहरु वस्तुतः अप्राकृतिक हुन् ।)
– खाद्यवस्तुहरु प्रकृतिमा जुन रुपमा हुन्छन्, सोही रुपमा नखाई जब त्यसमा अरु वस्तुहरु मिसाइन्छन् (जस्तैः नून, तेल, घिउ, चिनी, मसला, रङ एवम् अन्य वस्तु) तिनलाई स्वाभाविक मानवीय आहार भनिँदैन ।
– जनि खाद्यवस्तु तयार गर्नलाई आगोको सम्पर्कमा लैजानै पर्दछ या नपकाई खान रुचिकर हुँदैन, प्राकृतिक आहारविज्ञानको दृष्टिले त्यो पनि स्वाभाविक आहार होइन । त्यस्तो खानेकुरामा उत्तेजना र झुठो स्वाद उत्पन्न गराई जिब्रोद्वारा मात्र सेवन गरिने हुनाले त्यसले हामीलार्ई जीवित त राख्छ तर स्वस्थ र निरोगी राख्न भने सहयोग गर्दैन ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट