एक प्रेमी आफ्नी प्रेमिकाको बुवाकहाँ गयो र भन्योः म तपाईंकी छोरीको हात माग्न आएको ।
प्रेमिकाको बुवाः हात मात्र त पाइँदैन । माग्नु छ भने पूरै छोरी माग ।
ताजा हुन्थ्यो कि ?
एउटा व्यक्तिले होटेलमा खाना खायो र म्यानेजरसाग भन्यो— हजुर, यो होटलमा म तीन चार दिनअघि नै आउनुपर्ने थियो जस्तो लाग्यो ।
हजुर यो त हाम्रो भाग्य अनि तपाईंको महानता हो । म्यानेजरले भन्यो, तपाईंलाई केही विशेष भन्नु थियो कि ?
होइन, खासमा जुन खाना मैले अहिले खाएँ, त्यो अलि ताजा हुन्थ्यो कि ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













