भगतसिंहका केही अमर वाणीहरुः
१) हाम्रा तन्नेरीले यदि यसैगरी निरन्तर प्रयत्न गरिरहे भने करिब एक वर्षमा स्वराज्य त होइन तर ठूलै त्याग र बलिदानको कठोर परीक्षाबाट गुज्रँदै अवश्य विजय पाउनेछन् । क्रान्ति चिरन्जीबी होस् ।
२) हाम्रो क्रान्तिको अभिप्राय समाजको वर्तमान प्रणाली र वर्तमान संगठनलाई पूर्णतः उखेलेर फ्याँक्नु हो । यस उद्देश्यका लागि पहिले हामी सरकारको शक्ति आफ्नो हातमा लिन चाहन्छौँ । यस बखत सत्ताको मेशीन धनाढ्यका हातमा छ । सामान्य जनताको हित रक्षाका लागि तथा आफ्नो आदर्शको कार्यान्वयनका लागि अर्थात् समाजलाई कार्ल माक्र्सको सिद्धान्त अनुसार नयाँ ढङ्गबाट संगठन गर्नका लागि हामीले सरकारको मेशीनलाई आफ्नो हीतमा लिन चाहन्छौँ । हामी यही उद्देश्यका निम्ति लडिरहेका छौ । यस लडाइँका लागि हामीले साधारण जनतालाई शिक्षित गर्नुपर्दछ ।
३) मलाई फाँसीको दण्ड मिलेको छ तर तिमीलाई भने आजीवन कारावासको दण्ड । तिमी बाँच्ने छौ र तिमीले बाँचेर संसारलाई यो देखाउनु छ कि क्रान्तिकारी आफ्नो आदर्शका लागि मृत्यु वरण गर्न मात्र होइन जीवित रहेर पनि हरेक सङ्कटको सामना गर्न सक्दछन् ।
४) मृत्यु सांसारिक संघर्षबाट मुक्ति प्राप्न गर्ने साधन बन्नु हुँदैन, बरु जो क्रान्तिकारी संयोगवश फाँसीको पासोबाट बचेका छन् तिनले बाँचेर संसारलाई यो देखाइदिनु पर्दछ कि वीर न केवल आफ्नो आदर्शका लागि फाँसीमा चढ्न सक्दछन् बरु जेलका अन्धकारपूर्ण साना खोपीमा खुम्चिएर निकृष्टतम स्तरको अत्याचार पनि सहन सक्छन् ।
५) बाँच्ने महत्वकांक्षा भाग्यले मभित्रै हुनपर्दछ । म यसलाई लुकाउन चाहन्न तर मेरो जीवित रहनुको एउटा शर्त छ । म कैद भएर वा बन्धनमा परेर जीवित रहन चाहन्न ।
६) मेरो नाम हिन्दूस्तानी स्वतन्त्रता पार्टीको चिह्न बनिसकेको छ र स्वतन्त्रता चाहने पार्टीका आदर्श र बलिदानले मलाई अत्यन्त उचाईमा पु¥याएको छ । यति उचाइमा कि बाँचेको अवस्थामा म यसभन्दा माथि कदाचित पुग्न सक्दिनँ ।
७) मृत्युले पनि हृदयबाट जन्मभूमिको प्रेम निस्कँदैन । मेरो माटोबाट पनि जन्मभूमिको सुवासना आउनेछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट