काठमाडौं – नेपालमा साहित्य क्षेत्रका धरोहर महाकवी लक्ष्मी प्रसाद देवकोटाको संझनामा संग्रहालय बनेको छ । काठमाडौंको मैतीदेवीमा रहेको देवकोटाकै घरलाई पुनर्निमाण गरि संग्रहालयको बनाइएको हो । २०७५ सालमा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा नेपाल प्रज्ञा प्रतिष्ठानको जिम्मामा देवकोटा संग्रहालय बनेर खुलेको पनि ५ महिना भइसकेको छ । तर संग्रहालयमा अपेक्षा अनुसार अझैसम्म पनि अवलोकनकर्ताको उत्साहजनक उपस्थिति भने हुन सकेको छैन । ५ महिनामा १ सय ५०को हाराहारीमा अवलोकनकर्ता त्यहाँ पुगेको तथ्यांक छ ।
सम्झौता अनुसार एक वर्षमै देवकोटा संग्राहलय बनेर गएको असोजमा उद्घाटन भएको हो । ७ करोड ११ लाख रुपैँया लागतमा देवकोटा संग्राहलय निर्माण भएको नेपाल प्रज्ञा प्रतिष्ठानले जनाएको छ । सर्वसाधारणका लागी खुलेको ५ महिना बितिसकेको छ । तर संग्रहालयमा अपेक्षा अनुसार अवलोकनकर्ताको उत्साहजनक उपस्थिति भने अझै हुन सकेको छैन । हालसम्म करिब १ सय ५० हाराहारीमा अवलोकनकर्ता त्यहाँ पुगेको तथ्यांक छ । प्रचारप्रसारको कमी तथा प्रविधिको बढ्दो प्रयोगले देवकोटा संग्रहालयको अवलोकनमा आकर्षण कम भएको हुनसक्ने सरोकारवालाहरुको भनाइ छ ।
नेपाल प्रज्ञा प्रतिष्ठानले ८ जना कर्मचारी राखेर संग्रहालयको रेखदेख गरिरहेको छ । साढे ३ तलाको उक्त भवनमा पहिलो तलामा श्रव्य तथा दृष्यका सामाग्री सहित पुरानो घरको ढाँचा राखिएको छ । दोस्रो तलामा देवकोटाले जिवनकालमा प्रयोग गरेका सामाग्रीहरुको अवलोकन गर्न सकिने छ । तेस्रो तलामा देवकोटाका प्रकाशित÷अप्रकाशित कृति तथा पाण्डुलीपी रहेका छन् । त्यसै अन्तिम तलामा विचारविमर्श तथा गोष्ठिका लागी सभाहलको व्यवस्था गरिएको छ । संग्रहालयमा जेष्ठ नागरिक तथा शारिकि रुपमा अशक्तहरुलाई लिफ्टको व्यवस्था गरिएको छ ।
यो संग्रहालय खुलेको एक वर्षसम्म निशुल्क अवलोकन गर्न पाउने व्यवस्था छ । देवकोटाले प्रयोग गरेका अन्य सामग्रीहरुको संकलन भइरहेको छ । विस्तारै समाग्री थप गर्ने र पुस्तकालयको व्यवस्था गर्ने प्रज्ञा प्रतिष्ठानको योजना छ । महाकविको रुपमा देश तथा विदेशमा ख्याती कमाएका देवकोटाको जिवनसँग सम्बन्धित कुराहरुलाई जिवन्त बनाइ राख्न देवकोटा निवासलाई नै प्रयोग गरेर बनाइएको संग्रहालयलाई विश्वमा परिचत गराउन सके विदेशीहरुको आवगमन बढाउन सकिने सम्भावना तर्फ सम्बन्धित निकायको ध्यान जान जरुरी छ ।