• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, July 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

    ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने

    असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले

    पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’

by
३० फाल्गुन २०७९,
0
गण्डकी र शालग्रामको महिमा बढाउन ‘कृष्णगण्डकी परियोजना’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाग्लुङ । शालग्राम पाइने एकमात्रै कालीगण्डकी नदी संरक्षण, प्रचार–प्रसार र महिमा बुझाउन बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइएको छ । गण्डकी र शालग्रामको महिमा नबुझ्दा नदी सभ्यता र शालग्राम लोप भएर जाने भएकाले यसको प्रसार गर्नका लागि कालीगण्डकी नदी किनारमा कृष्णगण्डकी बृहत् परियोजना सञ्चालनमा ल्याइएको छ ।

सनातन हिन्दू धर्म, संस्कृति र सबैभन्दा पुरानो सभ्यतामध्येको एक कालीगण्डकी ९कृष्णगण्डकी०को प्रसार–प्रचार र संरक्षणका लागि बागलुङ नगरपालिका–१ मालढुङ्गास्थित खुतुर्केघाटमा बृहत् कृष्णगण्डकी परियोजना निर्माण गर्न थालिएको छ ।

सिङ्गो पूर्वीय सभ्यता र संस्कृतिको महत्वपूर्ण धरोहरका रूपमा रहेको कालीगण्डकी क्षेत्र र यसमा पाइने पवित्र शालग्रामको संरक्षण गर्दै कालीगण्डकीमा व्यवस्थित स्नान कक्ष, घाट, सत्संग हल तथा कृष्ण मन्दिरको वृहत कल्पनाका साथ कृष्णगण्डकी परियोजना अगाडी ल्याइएको हो ।

खुतुर्केघाटमा रहेको लक्ष्मीनारायण गुठीको १७ रोपनी जग्गामा बृहत् कृष्णगण्डकी परियोजनाको थालनी गरिएको परियोजनाको अगुवाइ गरिरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङले जनाएको छ । कालीगण्डकीको महिमा बढाउन, पवित्र कालीगण्डकी नदीमा स्नान, ध्यान, योग र तपस्याका लागि बृहत् कृष्णगण्डकी परियोजना सञ्चालनका लागि अहिले जग्गा व्यवस्थापनको काम भइरहेको अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) बागलुङ शाखाका प्रमुख तथा अन्तर्राष्ट्रिय कृष्ण भावनामृत सङ्घ (स्कोन) का केन्द्रीय उपाध्यक्ष परमेश्वर अच्युत दास ९प्रदीप भण्डारी०ले जानकारी दिए ।

आगमी पाँच वर्षमा परियोजनाको पहिलो आधारभूत काम र पुनः पाँच वर्षमा बाँकी काम गरी १० वर्षमा भव्य कृष्णगण्डकी परियोजना सम्पन्न गर्ने लक्ष्यका साथ अहिले परियोजनाका लागि आवश्यक जग्गा व्यवस्थापनका लागि काम भइरहेको परमेश्वर अच्युत दासले बताए । दासका अनुसार दुई चरणमा सम्पन्न गरिने कृष्ण गण्डकी परियोजनामा पहिलो चरणमा तीन सय जना क्षमताको सत्सङ्ग हल र आश्रम बनाइने छ ।

“यो भव्य कृष्णगण्डकी परियोजना मुठ्ठी दानमा सञ्चालित हुनेछ, सरकारी निकायलाई समेत बजेटका लागि आह्वान गरिएको छ, अहिले १७ रोपनी जग्गा व्यवस्थापनमा लागेका छौँ, आवश्यक जग्गाको संरक्षण, तारजाली, नदी कटान नियन्त्रण तथा शौचालय निर्माणको क्रममा छौँ”, अच्युत दासले भने, “हामीले परिकल्पना गरेको परियोजना सम्पन्न गर्न झण्डै रु १७ करोड लागत अनुमानको विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार गरेका छौँ, विस्तारै परियोजनाको काम सुरु हुन्छ, परियोजनाभित्रै व्यवस्थित घाट, ध्यान, योग, आश्रम तथा व्यवस्थित तरिकाबाट गण्डकी स्नानको व्यवस्था मिलाइने छ ।”

कालीगण्डकी नदीको तीर्थमा आएकाहरुले खाने–बस्ने व्यवस्थापनसहितको आश्रमसमेत बनाइने छ । उनले गण्डकी सभ्यता झल्काउने गरी नदी किनारमा व्यवस्थित पार्कको परिकल्पना गरिएको बताए । अहिले व्यवस्थित घाट नहुँदा पवित्र कालिगण्डकी नदी प्रदूषित हुँदै गएकामा चिन्ता व्यक्त गर्दै व्यवस्थित र सुरक्षित घाट निर्माणसमेत कृष्ण गण्डकी परियोजनामा समावेश भएको अच्युत दासले बताए ।

कालीगण्डकी नदीको दोहनको चपेटामा पर्दा नदीको बहाव परिवर्तन भइरहेको सन्दर्भमा नदी कटानलाई संरक्षण गरेर कृष्णगण्डकी परियोजना सञ्चालनमा ल्याइने भएको हो ।

उक्त परियोजना समग्र कालीगण्डकी नदीको सभ्यता दर्शाउने र मूल तीर्थस्थलका रूपमा सञ्चालनमा ल्याइनेछ । कृष्ण गण्डकी परियोजनाअन्तर्गत दोस्रो चरणमा कलात्मक कृष्ण मन्दिरसँगै गौशाला सञ्चालनको लक्ष्य छ ।

“पवित्र नदीमा व्यवस्थित स्नानको व्यवस्था छैन, तीर्थयात्रीलाई आवाससहितको आश्रम आवश्यक छ, उनीहरूले कृष्ण गण्डकीको महत्व र महिमा नदी किनारमै बसेर महसुस गरुन् भन्ने उद्देश्यले परियोजना थालिएको हो”, परमेश्वर अच्युत दासले भने, “धार्मिक सभ्यता, संस्कृति र जागरणका लागि कालीगण्डकी नदी किनारामा कृष्णगण्डकी परियोजना थालिएको हो, यो एकैपटकमा सम्पन्न हुने परियोजना होइन, परियोजना एक–एक इँटा थप्दे जाँदा सार्थकता पाउला, सनातन बैद्धिक हिन्दू धर्मप्रमीको सहयोगमा परियोजना सम्पन्न हुने लक्ष्य लिएका छौँ ।”

अहिले कालीगण्डकी नदी नियन्त्रणका लागि जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालय बागलुङले रु ६५ लाखको लागतमा परियोजना सञ्चालन गर्ने क्षेत्रमा पक्की तटबन्ध गरिरहेको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिए ।

Previous Post

धातुजन्य किला ठोक्दा पाथीभरा क्षेत्रका बोटबिरुवा नासिँदै

Next Post

अमेरिकीबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान

सम्बन्धित खबर

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना
आर्थिक

मानव सेवा आश्रमबाट ११२ जना पुनःस्थापना

१२ साउन २०८३,
ओखरपौवा तीनपिप्ले खण्डमा उच्च क्षमताको प्रसारण लाइन निर्माण हुने
आर्थिक

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने प्राधिकरणको प्रष्टोक्ति

१२ साउन २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

१२ साउन २०८३,
मध्यमवर्ग विस्तारलाई बजेटको केन्द्रमा राखिएको छ : अर्थमन्त्री वाग्ले
आर्थिक

पुँजीबजार सुधारमा गुणस्तरीय नियमन आवश्यकः अर्थमन्त्री वाग्ले

१२ साउन २०८३,
सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो
आवाज

सरकारी वार्ता टोली र डा केसीबीच सात बुँदे सहमति, अनशन तोडियो

१२ साउन २०८३,
पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा
आवाज

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

१२ साउन २०८३,
Load More
Next Post
अमेरिकीबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान

अमेरिकीबाट शंकास्पद रुपमा रकम ल्याएको आरोप लागेका पृथ्वीबहादुर शाहसहित ६ जना जेल चलान

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In