• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

सेती किनारमा मजदुरको पीडाः न कसैले देख्छ, न कसैले सुन्छ

by
३० फाल्गुन २०७९,
0
सेती किनारमा मजदुरको पीडाः न कसैले देख्छ, न कसैले सुन्छ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

तनहुँ। हुँदा खाने र गरिखानेको दैनिकी छुट्टै छ । काम अनुसारको ज्याला त कमैले पाउँछन् । कतिले त त्यो पनि समयमै नपाउँदा कष्टकर दैनिकी गुजार्नुपर्ने बाध्यता यथावत नै छ । यो वर्गको समस्या समाधानका विषयमा कहीँ कतै चर्चा त हुन्छ होला तर, मजदुरको पीडा न कसैले देख्छ, न कसैले सुन्छन् ।

तनहुँको शुक्लागण्डकी नगरपालिकाको करिब ७.८ किलोमिटर दुरीको क्षेत्रमा सेती नदी बग्छ । यही सेती नदीसँग धेरैको वर्तमान र भविष्य जोडिएको छ । सेती नदीबाट नदीजन्य वस्तु उत्खनन गरी केही व्यक्तिको रातारात जीवनस्तर उकासिएको पनि छ । तर, यही नदीको बगरमा खानी मजदुरका रुपमा दुईतीन पुस्ताले मजदुरी गरेपनि उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन ।

शुक्लागण्डकीको दुलेगौंडा बजार नजिकै शाँखर घाट छ । यो घाटमा बिहान ५ बज्दा नबज्दै चहलपहल सुरु हुन्छ । हातमा गैँची, बेल्चा, कोदालो लगायतका औजार बोकी बालबालिका, युवायुवती मात्र होइन सात दशक उमेर नाघेका वृद्धवृद्धा समेत यही घाटको गिट्टीबालुवासँग हातेमालो गरी आफ्नो दैनिकी चलाउन व्यस्त देखिन्छन् ।

उमेरले ७१ वर्ष नाघेकी चन्द्रमाया भुजेलको दैनिकी अझैपनि सेती नदीको किनारमै बित्छ । नदीकिनारमा बालुवा चालिनन् भने उहाँको घरमा चुलो बल्दैन अनि हातमुख जोड्न धौधौ पर्छ । आराम गरी घरपरिवारसँगै रमाउँदै घुमफिर गर्नुपर्ने जीवनको यो उमेरमा अझैपनि सेती नदीको चिसो सिरेटो सहेर घोटिनु परेको उहाँ बताउनुहुन्छ ।

बिहानको ५ बज्दानबज्दै सेती नदीको घाटमा बालुवासँग पौँठेजोरी खेल्न आइपुग्ने भुजेल भन्नुहुन्छ, ‘सेती घाटमा आएर बालुवा निकाल्न थालेको पनि २० वर्ष बितेछ । मेरा उमेरका हुनेखानेहरू कामबाट विश्राम लिएर घरपरिवार र नातिनातिनासँग रमाइलो गर्दै बसेका होलान्, तर आफ्नो त काम नगरी घरमा चुलो जल्दैन ।’

‘छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई हुने रहेछ, नमरिन्जेल सुखदुःख काट्ने भनेका बूढाबूढी नै हुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘हातलाई खाली नराखे पेट पनि खाली हुँदैन भनेर बिहान बेलुका हातमुख जोड्नका लागि यो बगरको चिसो र गर्मीको तापको कुनै प्रवाह नगरी काम गरिरहेका छौं ।’

कठाङ्ग्रिदो चिसोमा एकाबिहानै नदी किनारमा बालुवा चाल्न पुगेपनि कामअनुसारको ज्याला भने नपाएको उहाँको गुनासो छ । ‘बैंस छदाँ जस्तो अहिले पाखुरीमा बल कहाँ छ र रु, यही बालुवामा पसिना नचुहाएसम्म भोक टर्दैन’, उहाँले भन्नुभयो, ‘किनारबाट झिकेको बालुवा एक ट्रिपर बनाउन सके ठेकेदारले ७ सय रुपैयाँ दिन्छन् । आफूलाई त्यही एक ट्रिपर बनाउन ४ देखि ५ दिन लाग्छ । मेहनत धेरै छ, कम ज्यालादारीमै भएपनि दैनिक बालुवासँग खेल्नु मेरो नियति बनेको छ ।’

शुक्लागण्डकी– २ की ६४ वर्षीय थीनामाया अधिकारी पनि विगत ६ वर्षदेखि सेती नदीको बगरमा बालुवा निकाल्दै बितेको छ । पाँच सन्तानकी आमा थीनामाया छोराछोरी हुर्किएपछि बूढा भएका बाआमालाई नहेर्ने गरेको गुनासो पोख्नुहुन्छ । हात खुट्टा चलुन्जेल आफैले कमाएर खाने सोच गर्दै भोजपुरबाट श्रीमानसँगै यो बगरमा विगत ६ वर्षदेखि बालुवा चाल्दै आएको उहाँ बताउनुहुन्छ ।

‘छोरा पाए बुहारीलाई छोरी पाए ज्वाइँलाई हुने रहेछ, नमरिन्जेल सुखदुःख काट्ने भनेका बूढाबूढी नै हुने रहेछ’, उहाँ भन्नुहुन्छ, ‘हातलाई खाली नराखे पेट पनि खाली हुँदैन भनेर बिहान बेलुका हातमुख जोड्नका लागि यो बगरको चिसो र गर्मीको तापको कुनै प्रवाह नगरी काम गरिरहेका छौं ।’

बगरको चिसोले घुडादुख्ने, ढाँड दुख्ने, खोकी लाग्ने जस्ता स्वास्थ्य समस्या देखिएको उहाँ सुनाउनुहुन्छ । ‘बुढाबुढी भइयो अरुले जस्तो चाँडोचाँडो हात चलाउन पनि सकिदैन’, उहाँले भन्नुभयो, ‘कहिलेकाँही एकै दिनमा ७ सय रुपैयाँको कमाई हुन्छ कहिले भने २(३ सय रुपैयाँ मात्र हुन्छ ।’

झिसमिसे उज्यालोमै उठेर शुक्लागण्डकीकी ३५ वर्षीया रेखा बिक पनि सेती नदीको किनार पुग्नुहुन्छ । गैचि बेल्चा बोकेर नदी किनारमा पुग्ने रेखा बगरको बालुवा कोपरेर थुप्रो लगाउदैमा उहाँको दिन बित्छ । बगरसँगको साइनो पुरानो भएको बताउँदै उहाँ भन्नुहुन्छ, ‘आमाबुबाले यही बगरबाट बालुवा ९चोकर० निकालेर हामीलाई हुर्काउनु भयो । उहाँहरूसँगै आउँदा मैलेपनि १२ वर्षको उमेरदेखि यही काम गर्दै आएकी छु ।’ उहाँको २० वर्षको छोरा छ । वैवाहिक जीवन सोचेजस्तो नभएपछि छोरा र घरव्यवहार चलाउन पुनः बगरमै फर्किएको उहाँ सुनाउनुहुन्छ ।

दिनभरीको समय नदी किनारमै बिताउँदा उहाँले महिनामा १०(१५ हजार रुपैयाँ जम्मा गर्नुहुन्छ । ‘हामीले निकालेको चोकर ट्रिपर–ट्याक्टर आएर लगिदिए एक ट्रिपरको ७ सय रुपैयाँ पाउँछौँ’, उहाँले भन्नुभयो, ‘धेरै बालुवा चाल्न सके दिनमा तीन टिप्पर जति उठाउन सक्छौँ ।’ करिव २० वर्ष यही बगरमै बिताइसकेको बताउने रेखा भन्नुहुन्छ, ‘न चिसो न गर्मी केही भन्न पाइएन । पेटका लागि संघर्ष गर्नै पर्यो । जति मेहनत गर्छौ त्यसको मूल्य भने पाउन सकेका छैनौँ ।’

यस्तै, शुक्लागण्डकी– ४ गाछेपानीकी ३५ वर्षीया लिला परियार करिव ६ वर्षदेखि बगरमा चोकर निकाल्दै आउनु भएको छ । पहिले सासु ससुराले गरेको कामलाई विवाहपछि आफूले पनि निरन्तरता दिएको उहाँ बताउनुहुन्छ । ‘पहिला निकै गार्हो हुन्थ्यो । जाडोमा खन्न सकिदैनथियो, बालुवामा हात हाल्दा हात ठिर्याउथो’, उहाँले भन्नुभयो, ‘गर्मीमा पानी नखाई काम गर्दा मुख सुकेर त्यस्तै गार्हो हुन्थ्यो । अझैपनि सहज त छैन तर बानी परिसकेको छ र बाध्यता पनि छ ।’

खानी मजदुरहरूले हिउँदमा एक टिप्पर चोकरको ७ सय र बर्खामा एक हजारसम्म पाउने गर्छन् । विगत २(३ वर्षदेखि नै रकम बढाउँछु भनेपनि हालसम्म नबढेको ४३ वर्षीय दुर्गाबहादुर अधिकारी बताउनुहुन्छ । ‘म २०५३ सालदेखि यही काम गर्दै छु । अहिले मसँगै मेरा परिवारका ४ सदस्य पनि यही घाटमा चोकर चाल्ने काम गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘कहिले पानीमा भिजेर, जाडोगर्मी नभनी गर्नुपर्छ तर, दुःख गरेअनुसारको आम्दानी भने छैन ।’

सेती नदीको पानी सुक्दै गएपछि शुक्लागण्डकी नगरपालिकाले घाट सञ्चालन गर्न टेन्डर प्रक्रिया अगाडि बढाउँछ । यस नगरपालिकाभित्र ९ वटा घाटहरू छन् । हलेदी घाट, तालबेंसी घाट, साँखर घाट, सुरौदी घाट, माथिल्लो किमलडाँडा घाट, तल्लो किमलडाँडा घाट र दुन्दुरे घाट व्यक्तिलाई ठेक्कामा दिइएको छ भने पुर्णिघाट– १ र पुर्णिघाट– २ सडक आयोजनालाई दिइएको नगरप्रमुख कृष्णराज पण्डित बताउनुहुन्छ ।

Previous Post

कति छ मंगलबारको विदेशी मुद्राको विनिमय दर ?

Next Post

स्ववियु निर्वाचनः प्रचारप्रसारमा के गर्न पाईन्छ के पाइँदैन ?

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
स्ववियु निर्वाचन : मनोनयन पत्र बितरण हुँदै

स्ववियु निर्वाचनः प्रचारप्रसारमा के गर्न पाईन्छ के पाइँदैन ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In