एउटा पुरुषमाथि बहुविवाहको आरोप लागेको थियो । अदालतमा उक्त कसुर गरेको प्रमाणित नभएपछि न्यायाधीशले भने— तिमीमाथि लगाइएको आरोप प्रमाणित भएन, तिमी घर जान सक्छौ ।
उक्त मानिसले न्यायाधीसँग सोध्यो— हजुर म कसको घर जाऊँ कान्छीको कि जेठीको ?
आउँदै हुनुहुन्छ
श्रीमतीः कति खुशीको कुरा, अब हामी तीनजना हुने भयौँ ?
श्रीमानः के म बाबु हुन लागेको हुँ ?
श्रीमतीः होइन, भोलिदेखि मेरी आमा यहीँ बस्ने गरी आउँदै हुनुहुन्छ ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट