प्रश्नः जतिसुकै विद्वान्ले पनि यो कुरा भन्न सक्दैन ?
उत्तरः म निदाइरहेको छु, डिस्टर्व नगर ।
प्रश्नः हरेक श्रीमती आफ्ना पतिलाई किन शंका गर्छन् ?
उत्तरः अर्काको पतिलाई शंका ग¥यो भने पतिले फेरि पत्नीलाई नै शंका गर्न थाल्छन् ।
प्रश्नः बाघले घाँस खान थाल्यो भने के होला ?
उत्तरः नेताहरु भोकभोकै हुन्छन् ।
प्रश्नः अफिस जाने बेलामा म त मेरी श्रीमतीलाई चुम्मा दिएर मात्रै जान्छ, तिमी नि ?
उत्तरः म त तिमी हिँडेपछि मात्रै गर्छु ।
प्रश्नः तीन–तीन वर्षसम्म एउटै कक्षामा बस्दा लाज लागेन ?
उत्तरः सरलाई १५ वर्षदेखि यही कक्षामै पढाइरहन लाज नलागेपछि मलाई के को लाज ?
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट