हाँडे -याल ग्रन्थिमा ‘मम्प्स’ नामक भाइरसको सङ्क्रमणले गर्दा हुने समस्या हो । यो रोग धेरै जसो केटाकेटी तथा जवानहरुमा बढी हुन्छ र महिलाभन्दा पुरुषमा बढी देखिन्छ । एकातिर वा दुवैतिरका -याल ग्रन्थिहरु निकै दुख्छन्, सुन्निएका ग्रन्थिहरु केही दिनपछि निको हुन्छन् ।
घरेलु उपचार
– झोल कुराहरु प्रशस्त मात्रामा पिउनु राम्रो मानिन्छ ।
– अदुवा–पानीमा मह मिलाएर पिउँदा निकै फाइदा गर्छ ।
– भिटामिन ए (गोलभेडा, पालुङ्गो, गाजर, खुर्सानी, कुरिलो) र सी (गोलभेडा, अमिला जातका फलफूल, सागपात) पाइने खाना प्रशस्त मात्रामा खानु राम्रो मानिन्छ ।
– गोकुलधुप र लेकाली पाङ्ग्राको गुदी समभाग गोमूत्रमा राखेर घोटी चन्दन बनाएर घाममा तताई कैँटे भएको ठाउँमा लेप गर्ने ।
– कबीरको जरो पानीमा घोटी कैँटेमा लेप गर्ने ।
– वरको दूध लेप गर्ने ।
– घैँटाको खपटा मसिनोसँग पिसी चूकमा फिटेर कैँटेमा लेप गर्ने र नेपाली कागजको टुक्रा त्यसमाथि टाँस्ने ।
– वरको पातमा तिलको तेल लेप गरी अलिअलि तताएर कैँटेमा बाँध्ने ।
– हात–खुट्टामा कतै चोट लागेर या धेरै हिँड्दा थकाइ लागेर काखीमा या काछमा भाहिनी निस्कँदा पनि कैँटेकै उपचार गर्ने ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट