न्यायमूर्ति महादेव गोविन्द रानाडे एक दिन जब घरमा पुगे तब खुट्टा धुनको लागि पानीको प्रतीक्षा गर्न थाले । उनको नोकर त्यो समयमा काममा लागेको थियो । यसैले उसले उनी आएको थाहा पाएन ।
केही क्षणपछि जब उसले मालिक बाहिर पानीको प्रतीक्षामा बसेको कुरा थाहा पायो तब ऊ हडबडाउँदै दौडेर भान्सामा गयो र तातो पानीले मालिकको खुट्टा धुन थाल्यो ।
तातो पानीले रानाडेको छाला रातो भयो र खुट्टा पोल्यो, तर उनले नरिसाइकन शान्तिपूर्वक सोधे, यति हतार किन गरिरहेको ? मेरो खुट्टा पोल्यो, यस्तो पागलपन तिमीले किन गरेको ?
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट