हजरत मुहम्मदका केही अमर वाणीहरु
१) कसैलाई उपहार वा दान दिएर पछि पुनः फर्काउनु वैध हुँदैन । यो त मात्र अभिभावकका निमित्त मुनासिब हुन सक्छ जसले आफ्ना सन्तानलाई केही दिएको होस् । जो आफ्नो उपहार र दान फर्काउँछ त्यो त्यस्तो कुकुर समान हो जो आफूले छादेको पुनः खान्छ ।
२) उपासना गर्दा ईश्वरका विचारको अतिरिक्त सबै विचार हटाऊ, बोल्दा यस्तो कुनै शब्द नबोल्नु जसका लागि पछि पश्चात्ताप होस् । अरुको लोभ नगर्नु अथवा कुनै आशा नराख्नु ।
३) तिमीमध्ये कसैले मात्र यसकारण मृत्युको आकाङ्क्षा नगरोस् कि उसमाथि कुनै सङ्कट आएको छ । यदि कसैले त्यस्तो गर्न चाह्यो भने उसले भनोस् कि— ‘हे ईश्वर ! मलाई तबसम्म बाँच्न देऊ, जबसम्म जीवन मेरा लागि उपयुक्त छ र मलाई तब मर्न देऊ जब मेरा लागि मृत्यु उपयुक्त हुन्छ ।
४) एक जना मानिसले प्रश्न ग¥यो— ‘हे ईश्वरको दूत ! इस्लामको सर्वात्कृष्ट अङ्ग कुन हो ? उनले भने— त्यो हो, तिमी भोकालाई भोजन देऊ र तिमीले जसलाई चिन्दछौ वा चिन्दैनौ ती सबैलाई नमस्कार गर ।
५) मैले सोधेँ— ‘इस्लाम के हो ? देवदूतले उत्तर दिए— बोलीको मिठास र अतिथि सत्कार’
६) संयम र आज्ञा पालन इस्लाम हो ।
७) मैले भनेँ— हे ईश्वरका दूत ! मलाई इस्लामको बारेमा केही बताऊ, जो मेरा लागि प्रशस्त होस् र मैले तिमी बाहेक अरु कसैलाई यो सोध्न नपरोस् । उनले भने— तिमी भन कि म ईश्वरमा आस्था राख्छु र त्यसमा सधैँ कायम रहुँ ।
८) यदि तिमी ईश्वरमा आस्था राख्दछौ जुन राख्नुपर्दछ, तब उनले तिमीलाई त्यसरी नै दिनेछन् जसरी पन्छीलाई दिन्छन् । ती बिहान भोको पेट निस्कन्छन् र साँझमा भरपेट फर्किन्छन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट