श्यामः आज मैले रेखा थापासँग फोनमा कुरा गरेँ नि ।
रामः हो र ? मलाई त विश्वास लागेन ।
श्यामः भगवान् कसम, कुरा गरेकै हो ।
रामः ल ल ठीक छ, अनि उनले के भनिन् त ?
श्यामः रङ नम्बर ।
श्रीमान्को विश्वास
एक जना अधबैंसे आईमाई आफ्ना श्रीमानलाई लिएर डाक्टरकहाँ जँचाउन गइछन् । डाक्टरले उनलाई जँचाउन भित्री कोठामा बोलाएपछि—
महिलाः डाक्टर साहेब, बाहिर बसेकी नर्सलाई पनि भित्र बोलाउनुस् न ।
डाक्टरः किन र ? तपाईंलाई ममाथि विश्वास लागेन हो ?
महिलाः त्यसो होइन, तपाईंमाथि मेरो पूरा विश्वास छ तर बाहिर बसेका मेरो श्रीमान्को भने पटक्कै विश्वास छैन क्या ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













