• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

नारायणगढ–मुग्लिन सडक आइतबारदेखि बन्द नहुने

by
२० फाल्गुन २०७९,
0
नारायणगढ–मुग्लिन सडकखण्डः भित्तो काट्न कठिन भएपछि विस्फोटको तयारी
0
SHARES
50
VIEWS
Share on FacebookShare on Twitter

नारायणगढ–मुग्लिन सडक खण्डका पुल फराकिलो बनाउने क्रममा भित्तो काट्नुपर्ने भएकाले दिउँसोको समयमा बन्द गरिँदै आएकामा आइतबारदेखि बन्द नगरिने भएको छ । भित्तो काट्न कठिन भएपछि गत पुस ५ गतेदेखि दिउँसोमा दैनिक ४ घण्टा सडक बन्द गरेर काम हुँदै आएको थियो । पहिलो ३० दिन बिहान ११ देखि दिउँसो ३ बजेसम्म बन्द गरिएको थियो भने त्यसपछि दिउँसो १२ देखि ४ बजेसम्म सडक बन्द गरिएको थियो । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार सवारीसाधन रोकेर पाँचठाउँको पहाड काट्न सुरु गरिएकामा तुइन खोलाको मुग्लिनतर्फको पहाडबाहेक अन्यत्रको काम अन्तिम चरणमा पुगेको छ ।

तुइन खोलाको भित्तोलाई विष्फोट गराउन लागिएकाले सवारी रोकेर भित्तो काट्ने काम आजदेखि बन्द गर्न लागिएको हो । तुइन खोलाको पुल निर्माणका क्रममा ६० मिटर अग्लो कडा चट्टानसहितको डाँडो थियो । सो डाँडोलाई काट्न कठिन भएको हो । सो पहाडको अझै ४० मिटर काट्न बाँकी छ । यससँगै बाँकी रहेको चिसेन्जी खोलाको पुलको आडको देब्रेपट्टिको भित्तो काट्ने काम अन्तिम चरणमा रहेको छ । सिमलताल, कालीखोला र नाम्ची खोलाको भित्तो काट्ने काम सकिएको छ । यी पुलसँगै काम थालिएका नौ पुल भित्तो काट्न नपर्ने भएकाले बनिसकेका छन् । यसअघि नै सो सडकका पाँच पुल बनिसकेका थिए । पाँचवटा पुल निर्माणाधीन छन् । सडक विस्तारसँगै पुल साँघुरा भएपछि सडकमा रहेका २० वटै पुल नयाँ थप गरिएको हो ।

पहिलेको पुलको छेउमा अर्काे पुल बनाउँदै गर्दा भित्तो काट्नु परेको हो । आचार्यका अनुसार तुइन खोलाको भित्तो काट्नका लागि विस्फोट गराउन अनुमति लिने प्रक्रियामा रहेको छ । अनुमति पाएसँगै एक महिनामा विस्फोटक पदार्थ झिकाएर विस्फोट गराउने तयारी आयोजनाले गरेको उहाँले जानकारी दिनुभयो । विश्व बैंकको सहयोगमा पुल बनाउन लागिएको हो । एउटा पुलको काम सुरु भएको छैन । पुलको छेउमा सुकुम्वासी बसेकाले हटाउन नसक्दा काम रोकिएको हो । विश्व बैंकको सहयोगमा काम गर्दा क्षतिपूर्ति दिलाएर मात्रै काम गर्नुपर्ने प्रावधान रहेको छ । आयोजनाका प्रमुख किरण कार्कीका अनुसार क्षतिपूर्तिका लागि रु एक करोड हाराहारी खर्च हुन्छ । रकम माग गरिएको भए पनि प्राप्त हुन नसक्दा काम सुरु गर्न नसकिएको हो ।

पुल निर्माण सम्पन्न गर्नुपर्ने मिति २०८० पुस ९ गतेसम्म रहेको छ । सुरुमा ३३ महिनाका लागि सम्झौता भए पनि काम सम्पन्न नभएपछि हालै समय एक वर्ष थप गरिएको हो । सो सडकका १५ पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनले बोलपत्र प्राप्त गरेको छ । पुल निर्माणका लागि रु एक अर्ब २२ करोड खर्च हुने छ । सो सडकमा यसअघिका पुल साँघुरा थिए । अहिले बनाइएका पुल ११ मिटर फराकिला छन् । सडक नौदेखि ११ मिटर फराकिलो रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी आवागमन गर्दछन् ।

Previous Post

बाख्मुट सहर रुसी सेनाको घेरामा

Next Post

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

सम्बन्धित खबर

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय
आर्थिक

गभर्नरमा डा विश्वनाथ पौडेललाई नियुक्त गर्ने मन्त्रिपरिषद्को निर्णय

६ जेष्ठ २०८२,
एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण
टुरिजम

एकै परिवारका छ जनाले गरे मकालु हिमाल आरोहण

६ जेष्ठ २०८२,
जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे
आर्थिक

जैमिनीमा बढ्दो बसाइँसराइः दुई वर्षमा एक हजार सात सय नौले गाउँ छाडे

६ जेष्ठ २०८२,
औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम
आर्थिक

औद्योगिक जिल्लातर्फ अघि बढ्दै इलाम

६ जेष्ठ २०८२,
युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा
अन्तर्राष्ट्रिय

युरोपेली सङ्घको कूटनीतिक टोली राजधानीमा

६ जेष्ठ २०८२,
भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै
आर्थिक

भोजपुरको कैलाश पर्वत र हरित पहाडलाई सरंक्षण गरिँदै

६ जेष्ठ २०८२,
Load More
Next Post
हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

हलमा :‘छड्के–२’ सँगै ‘छक्का पञ्जा–४’

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In