• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, September 30, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

    अगस्टमा घट्यो विदेशी पर्यटक आगमन

    मनाङमै अड्किए पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र

by
२० फाल्गुन २०७९,
0
पोखराको नयाँ पर्यटकीय गन्तव्य बन्दै पचभैया प्राणी उद्यान केन्द्र
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गण्डकी, २० फागुन (रासस) : सात तालको बगैँचा सहर लेखनाथको पचभैयामा निर्मित पचभैया प्राणी उद्यान केन्द्र सर्वसाधारणका लागि खुला भएको छ । बृहत् पोखराको अवधारणाअनुसार यहाँको नयाँ पर्यटकीय आकर्षणका रूपमा लेखनाथ क्षेत्रका पचभैया, चैनपुर र चापापानी चिसाकुना सामुदायिक वनलाई समेटेर प्राणी उद्यान केन्द्र निर्माण गरिएको हो । गण्डकी प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालय कास्कीले हेर्ने गरी स्थानीयवासी, वन उपभोक्ता समितिका प्रतिनिधि र युनाइटेड क्लबका प्रतिनिधिसहितको सहभागितामा व्यवस्थापन समितिसमेत गठन गर्दै केन्द्र सञ्चालनमा ल्याइएको हो । खुला चिडियाखानाको अवधारणासहित सञ्चालनमा आएको केन्द्र सर्वसाधारणका लागि खुला गरिएको पचभैया प्राणी उद्यान केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दीनानाथ ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार केन्द्रको अवलोकन गर्न विद्यार्थीका लागि रु १५ र अन्य सर्वसाधारणका लागि रु २५ टिकट दस्तुर तोकिएको छ ।

पछिल्लो समयमा विभिन्न विद्यालयबाट विद्यार्थी केन्द्रको अवलोकनका लागि आउने गरेको बताउँदै उहाँले आगामी दिनमा यो पोखराको अर्को नयाँ पर्यटकीय गन्तव्य बन्ने विश्वास व्यक्त गर्नुभयो । केन्द्रमा पुग्ने सर्वसाधारणले त्यहाँ चितुवा, निलगाई, रतुवा मृग, चित्तल, चरीबाग, वन बिरालो, स्याल, अजिङ¬्गर, सेता गिद्ध, लाटोकोसेरो, मयुर, कछुवा आदि गरी विभिन्न २२–२३ प्रजातिका वन्यजन्तु तथा पक्षी अवलोकन गर्न पाउने उहाँले बताउनुभयो । वन्यजन्तुको अवलोकनसँगै यस क्षेत्रमा रहेका विभिन्न धार्मिक एवं सांस्कृतिकस्थलको संरक्षण र प्रवद्र्धनमा पनि जोड दिइएको ढकालले बताउनुभयो । “खुला चिडिायाखनासँगै यस क्षेत्रका ऐतिहासिक एवं धार्मिक महत्वका सीता गुफा, बज्रमुष्ठी मन्दिर, नागाबाबाको तपस्थलको पनि संरक्षण र विकास गर्ने हाम्रो लक्ष्य छ”, उहाँले भन्नुभयो, “यी स्थललाई पनि यहाँको पर्यटनसँग जोड्ने धेरै सम्भावना छन् ।” सीता गुफा राम्रै पर्यटकीय गन्तव्य बन्न सक्ने भए पनि यसको संरक्षणसँगै प्रचार–प्रसार हुन नसकेको उहाँको भनाइ छ ।

धार्मिक महत्वको बज्रमुष्ठी मन्दिरसँगै देवनाथ बाबाले सिद्धिप्राप्त गरेको भुशनपुरको थाप्लोलाई पनि संरक्षण गरी धार्मिक पर्यटनको गन्तव्य बनाउन सकिने सम्भावना रहेको ढकालले बताउनुभयो । स्थानीयले यसै क्षेत्रमा प्राचीनकालदेखि रहेको प्राकृतिक तोरी पोल्ने कोललाई पनि संरक्षण गर्नुपर्नेमा जोड दिँदै आएका छन् । यस क्षेत्रमा चिडियाखाना स्थापना गर्ने सोच विसं २०६७ देखि सुरु भएको युनाइटेड क्लबका पूर्वअध्यक्ष एवं अभियन्ता हिमालय बख्रेल बताउनुहुन्छ । क्लबको पहल एवं स्थानीयवासीको सक्रियतामा यसको निर्माणकार्य अघि बढी सञ्चालनको अवस्थासम्म आउनु आफैँमा महत्वपूर्ण रहेको उहाँले बताउनुभयो । चिडियाखानाको विसं २०७२ साउन १५ गते तत्कालीन स्वास्थ्यमन्त्री खगराज अधिकारीले शिलान्यास गर्नुभएको थियो । युनाइटेड क्लबले प्रत्येक वर्ष गर्दै आएको पोखरा महोत्सवको आम्दानीको २० प्रतिशत रकम यही चिडियाखाना निर्माणकै लागि छुट्याइएको उहाँले जानकारी दिनुभयो ।

केन्द्र परिसर एवं रुपाताल क्षेत्रमा चार सय ५० प्रजातिका जीवजन्तु तथा वनस्पति पाइन्छ । रुपातालमा २४ प्रजातिका माछाका साथै विभिन्न ३६ प्रजातिका चरा पाइन्छन् । केन्द्रको पूर्वी भाग रुपातालसँग जोडिएको हुँदा यसको निर्माणसँगै रुपातालको पनि संरक्षण हुने स्थानीयको विश्वास छ । पोखराबाट जम्मा २५ किमी टाढा रहेको पचभैयामा निर्मित प्राणी उद्यान केन्द्र पोखरामा पर्यटकको बसाइ लम्ब्याउन पनि उत्तिकै महत्वपूर्ण बन्ने विश्वास लिइएको चापापानी चिसाकुना सामुदायिक वनका उपाध्यक्ष निर्मल अधिकारीले बताउनुभयो । पर्यटक लक्षित गरी गण्डकी प्रदेश सरकारको सहयोगमा चापापानीबाट भ्यूटावर र रुपाताल जाने पदमार्ग रु १५–१५ लाखको लागतमा निर्माण गरिएको छ । केन्द्र सञ्चालनका लागि अघिल्लो वर्ष प्रदेश सरकारबाट रु एक करोड ५० लाख छुट्याइएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त रकमबाट पदमार्गसँगै केन्द्र जाने लिङ्करोडका भत्किएका बाटो मर्मत, जनावर राख्ने ‘केज’हरू निर्माण, ‘डाटिङ गन’ खरिद आदि काम गरिएको उहाँले जानकारी दिनुभयो । यस वर्ष केन्द्रका लागि रु ४० लाख विनियोजन गरिएको छ । केन्द्रको सञ्चालनका लागि एक जना व्यवस्थापकसहित तीन सहयोगी कर्मचारी राखिएको छ ।

Previous Post

छ लेन सडकले फेरियो धनगढीको मुहार

Next Post

दक्षिण अफ्रिकाले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

सम्बन्धित खबर

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध
अन्तर्राष्ट्रिय

मलेसियाबाट म्यानमा नागरिक फिर्ता हुँदै, अधिकार समूहद्वारा विरोध

१४ अशोज २०८३,
दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र
समाचार

दुई जिल्ला जोड्ने सुनकोशी पुल छ वर्षदेखि अलपत्र

१४ अशोज २०८३,
ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा
समाचार

ट्रान्सफर्मर र मोटर चोरीले किसान समस्यामा

१४ अशोज २०८३,
अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति
समाचार

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

१४ अशोज २०८३,
बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट
आर्थिक

बीमा दाबीमा सर्भेयर खटाउन स्वचालित प्रणाली, ६८० जनाको विवरण प्रविष्ट

१४ अशोज २०८३,
अगस्टमा घट्यो विदेशी पर्यटक आगमन
टुरिजम

मनाङमै अड्किए पर्यटक

१४ अशोज २०८३,
Load More
Next Post
दक्षिण अफ्रिकाले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

दक्षिण अफ्रिकाले ब्रिक्स शिखर सम्मेलन आयोजना गर्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In