• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, April 19, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा

    म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

    विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै

    जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया

by
२० फाल्गुन २०७९,
0
आहारा नपाउँदा रूखका बोक्रा खाँदै छाडा चौपाया
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भजनी, २० फागुन (रासस) : सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुरमा छाडा चौपाया व्यवस्थापन चुनौतिपूर्ण बन्दै गएको छ । आहारा अभाव हुँदा छाडा चौपाया रुखका बोक्रा खाएर बाँचेका छन् । छाडा छोडिएका चौपाया व्यवस्थापनका लागि दुवै जिल्लाका स्थानीय तहले लाखौँ रुपैयाँ खर्च गरेका छन् । खर्च गर्ने क्रम बर्सेनी बढ्दै गएको छ । तर छाडा चौपायको समस्या भने उस्तै छ । कतिपय स्थानीय तहले छाडा चौपाया व्यवस्थापनका लागि गरेको लगानी हिनामिना भएको पाइएको छ । यसरी हिनामिना गर्ने व्यक्ति तथा सम्बन्धित निकायलाई कारवाही हुन सकेको छैन । छाडा चौपायाबाट सबैभन्दा बढी चिन्तित किसान स्वयम छन् । उनीहरुले लगाएको अन्न बाली छाडा चौपायाले सखाप पार्ने गरेका छन् ।

स्थानीय तह निर्वाचनमा छाडा चौपाया व्यवस्थापन मुख्य मुद्दाका रुपमा मतदाताले उठाएका थिए । व्यवस्थापन गरिएको भनिएका चौपायाको अवस्था पनि दयनीय छ । कैलालीको टीकापुर नगरपालिका–५ स्थित खोटेना भुराखानी सामुदायिक वनमा गौशाला निर्माण गरिएको छ । यहाँ करिब चार सय चौपाया राखिएका छन् । तर चौपायालाई आहाराको समस्या छ । उनीहरु भोकले रूखका बोक्रा खान थालेका स्थानीयले बताएका छन् । छाडा चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा अधिकांश रुखका बोक्रा छैनन । “चौपायाको मुख पुग्नेसम्मका रूखका बोक्रा छैनन्”, स्थानीय एकराज पण्डित भन्नुहुन्छ, “व्यवस्थापनमा खासै ध्यान दिएको पाइँदैन ।” स्थानीय तहले छाडा चौपाया व्यवस्थापन गर्न गौशाला निर्माण गरेका छन् । तर उनीहरुका लागि आवश्यक आहाराको व्यवस्था गरेको नपाइएको उहाँको आरोप छ । स्थानीय नरबहादुर रावल छाडा चौपाया राख्नका लागि गौशाला निर्माण मात्र ठूलो कुरा नभएको उल्लेख गर्दै तिनको खानेकुरामा ध्यान दिन आवश्यक हुने बताउनुहुन्छ ।

यसलाई रोजगारीसित जोड्न आवश्यक भएको उहाँको भनाइ छ । टीकापुर–२ का वडाध्यक्ष दीपक चौधरी वडाको सबैभन्दा ठूलो समस्या छाडा चौपाया व्यवस्थापन भएको बताउनुहुन्छ । “वडाको स्रोतसाधनले भ्याएसम्म व्यवस्थापनमा लागेका छौँ”, उहाँले भन्नुभयो–“एउटा जनप्रतिनिधिले चाहेर मात्रै चौपाया व्यवस्थापन गर्न कठिन छ । हाम्रो स्रोतसाधनले भ्याउने स्थिति छैन ।” टीकापुर नगरपालिकाले वार्षिक रु २० लाख छाडा चौपाया व्यवस्थापनका लागि विनियोजन गर्दै आएको छ । उक्त रकम चौपायाको आहारा, यसका लागि खटिने कामदारको ज्यालालगायत कुरामा खर्च गरिँदै आएको छ । बजेटको अभावले छाडा चौपाया व्यवस्थापनमा समस्या भएको नगरपालिकाका नगरप्रमुख रामलाल डंगौरा थारू बताउनुहुन्छ । नगरपालिकाले गरेको काम पनि दीर्घकालीन हुन नसकेको भन्दै उहाँले छाडा चौपायाको दिगो व्यवस्थापन नै जरुरी भएकामा जोड दिनुभयो । “दीर्घकालीन योजनाका साथ उत्पादनमूलक बनाउने गरी गौशालाको व्यवस्थापन गर्नुपर्छ ।

यसमा नगरपालिका मात्रै नभई अन्य निजी संस्थाले पनि समन्वय र सहकार्य गर्नुपर्ने देखिन्छ”, नगरप्रमुख थारू भन्नुहुन्छ, “हामीले नाफा घाटा नहेरी आवश्यकताका आधारमा काम गर्दै आएका छौँ । उत्पादनमूलक रुपमा काम गर्ने कुनै निकाय आए त्यसलाई जिम्मेवारी सुम्पिन सकिन्छ ।” सुदूरपश्चिम प्रदेशका प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरी कैलालीमा छाडा चौपाया व्यवस्थापन जटिल समस्याका रुपमा रहेको बताउनुहुन्छ । छाडा चौपायाका कारण किसानले खेती गर्न छाडेको उहाँको भनाइ छ । “छाडा चौपायालाई व्यवस्थापन गर्न बनाइएका गौशालाको अवस्था चित्तबुझ्दो छैन । उनीहरुलाई खानेकुराको अभाव भएको छ, कतिपय ठाउँमा पानीको पनि व्यवस्था नगरेको पाइयो”, प्रदेशसभा सदस्य चौधरीले भन्नुभयो, “भोकले चौपाया मरेको समेत पाइएको छ, यसतर्फ सम्बन्धित निकायले ध्यान दिनुपर्छ ।”

कैलालीको जस्तै कञ्चनपुरका विभिन्न स्थानीय तहले छाडा चौपायाका लागि निर्माण गरेका गौशालाको अवस्था पनि दयनीय नै छ । यसको व्यवस्थापनमा स्थानीय तहको ध्यान पुग्न सकेको पाइँदैन । छाडा चौपायाका कारण सधैँ स्थानीय तह र सर्वसाधारणबीच किचलो हुने गरेको छ । व्यवस्थापनको माग राख्दै पटक पटक आन्दोलन समेत गरिँदै आएको छ । छाडा चौपायाको व्यवस्थापनतर्फ जनप्रतिनिधि र कर्मचारी गम्भिर बन्न सकेका छैनन् । छाडा चौपायाका कारण दैनिक सडक दुर्घटना समेत बढेको पाइएको छ ।

Previous Post

जनताको पहुँचमा इन्टरनेट पु¥याउनु सरकारको प्राथमिकता : मन्त्री शर्मा

Next Post

बाख्मुट सहर रुसी सेनाको घेरामा

सम्बन्धित खबर

म्यान्माकी आङ सान सुकीको ८०औँ जन्मदिन जेलमा
अन्तर्राष्ट्रिय

म्यानमारकी आङ सान सुकीलाई तत्काल रिहा गर्न आग्रह

५ बैशाख २०८३,
लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै
आर्थिक

लहानक्षेत्रमा सडक विस्तारले गति लिँदै

५ बैशाख २०८३,
उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए
अन्तर्राष्ट्रिय

उत्तर कोरियाको आणविक क्षमता तीव्र वृद्धिः आइएइए

५ बैशाख २०८३,
चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि
फिचर-ब्यानर

चीनको आर्थिक डेटा आश्चर्यजनक रूपमा बलियो, बजार अनुमानभन्दा माथि वृद्धि

५ बैशाख २०८३,
विवाहपञ्चमी महोत्सव : आज मटकोर विधि गरिँदै
आवाज

जानकी जन्म महोत्सवको सांस्कृतिक सन्देश

५ बैशाख २०८३,
बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने
आर्थिक

बेलायतले युक्रेनलाई कम्तिमा एक लाख २० हजार ड्रोन सहयोग गर्ने

५ बैशाख २०८३,
Load More
Next Post
बाख्मुट सहर रुसी सेनाको घेरामा

बाख्मुट सहर रुसी सेनाको घेरामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In