जे दिइन्छ त्यही फर्किने प्रकृतिको नियम हो । मानौँ तपाईंलाई आफ्ना ससुराली खलक मन पर्दैन, त्यसैले उनीहरुबारे बेलाबखत आफ्नी श्रीमतीलाई तल्लो स्तरका कुरा सुनाउनुहुन्छ । यी विषाक्त कुरालाई तपाईंकी श्रीमतीले माइती नपु-याए पनि छोराछोरीले जानीनजानी पु¥याउने गर्दछन् र तपाईंको सम्बन्ध अझै कटु हुँदै जान्छ ।
परिणामस्वरुप उताबाट पाउनुपर्ने सहयोगमा रोक लाग्न सक्छ । जसबाट सबभन्दा बढी तपाईंकी श्रीमती नै पीडित हुन्छिन् । पीडित श्रीमतीका श्रीमान् खुशी रहन सक्दैनन् । ढिलो चाँडो तपाईं पनि पीडिन नै हुनुहुनेछ । के तपाईं आफ्नै हातबाट आफ्नै लागि दुःख निम्त्याउन चाहनुहुन्छ ?
कदापि हुन्न, त्यसैले ससुराली खलकबारे विष वमन गर्ने परिपाटीलाई रोक लगाई खुशी ज जीवन बाँच्न सिक्नुस् । अर्काे कुरा तपाईंकी छोरी पनि त होलिन् । उनी जहाँ बिहे गरेर गए पनि त्यस घरबाट तपाईंलाई उपेक्षा गरेको मन पराउनुहुन्छ ? हुन्न । त्यसैले यो वैरभाव वा उपेक्षाभावको बीजलाई नहुर्काउनुस् ।
साभारः ‘नव सफलता शास्त्र २’ पुस्तकबाट













