• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 20, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    ‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवनमा ३५ दिने शिशुको मुटुको सफल शल्यक्रिया

by
१६ फाल्गुन २०७९,
0
चितवनमा ३५ दिने शिशुको मुटुको सफल शल्यक्रिया
0
SHARES
41
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर । नवजात शिशुको मुटुको जटिल शल्यक्रिया सफल भएको छ । भरतपुर महानगरपालिका–१ ठिमुराका २४ वर्षीय मिलन प्रजा र २० वर्षीया सविता प्रजाकी ३५ दिनकी शिशु महिमा प्रजाको मुटुको डि–टिजिए ९डेस्ट्रो ट्रान्सपोजिसन अफ ग्रेट आर्टरिज०को शल्यक्रिया सफल भएको हो ।

चितवन मेडिकल कलेज ९सिएमसी० शिक्षण अस्पतालमा कार्डियोथोरासिस तथा भाष्कुलर सर्जन प्रा डा अनिल आचार्य नेतृत्वको टोलीले शिशुको शल्यक्रिया गरेको हो ।

डिटिजिए शल्यक्रिया नेपालमा सफल भएको यो तेस्रो घटना भएको प्रा डा आचार्यले बताए । उनले भने– ‘मलाई थाहा भएसम्म नेपालमा यस्तो प्रकृतिको शल्यक्रिया सफल भएको यो तेस्रो हो । यस्ता प्रकृतिको शल्यक्रिया गर्दा मृत्युदर ९० प्रतिशतसम्म हुन्छ ।’

उनका अनुसार मानिसको मुटुको तल्लो दाहिने कोठाबाट फोक्सोमा रगत जाने रक्तनली हुने र देब्रेतिरको तल्लो कोठाबाट शरीरमा रगत जाने रक्तनली हुन्छन् । दाहिनेतर्फ फोक्सोमा गएको रगत शुद्ध भएपछि देब्रे कोठामा आएर देब्रे कोठाले शुद्ध रगत शरीरमा पठाउनुपर्नेमा महिलाको रक्तनली ठीक उल्टो भएको उनले बताए ।

यस्तो प्रकृतिको शल्यक्रियामा कोरोनरी आर्टरिजका नलीहरूको समेत ठाउँ बदल्नुपर्ने जनाउँदै प्रा डा आचार्यले भने, ‘त्यो पनि हामीले ठाउँ बदल्यौँ ।’ महिमामा अब कुनै समस्या नरहेको उनको भनाइ छ । नवजात शिशुलाई बेहोस बनाएर शल्यक्रिया गर्न निकै जटिल हुने भन्दै उनले त्यसमाथि मुटुजस्तो संवेदनशील अङ्गको शल्यक्रिया झनै जटिल हुने बताए । गत माघ २३ अस्पताल भर्ना भएकी महिमाको २५ गते शल्यक्रिया गरिएको हो ।

शल्यक्रियामा प्रा डा आचार्यसहित डा अल्का सिंह, एनेस्थेसियोलोजिष्ट डा प्रवेश ज्ञवाली, परफूजनिस्ट (शल्यक्रिया गर्दा मुटु र फोक्सो चलाउने मेसिन सञ्चालन गर्ने) गोविन्द बधनगरिया, बालरोग विशेषज्ञ डा विराज पराजुली नर्सहरूको टोली संलग्न थिए ।

भरतपुर अस्पतालका चिकित्सकले निमोनियाको शङ्का गरेर महिमालाई सिफारिस गरेका थिए । बीस दिन एनआइसीयूमा राखेर उपचारपछि महिलामा अहिले पूर्णरूपमा निको भएकी छिन् । उनलाई डिस्चार्ज गर्ने तयारी गरिएको छ ।

यसैबीच खेती किसानी र ज्याला मजदुरी गर्ने मिलनलाई छोरीको उपचार गर्न आर्थिक अभाव भएको छ । हालसम्म पाँच लाखभन्दा बढी खर्च भइसकेको जनाउँदै उनले सरसापट गरेर उपचार गर्दै आएको बताए ।

काठमाडौँका सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र र मनमोहन कार्डियो थोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा १५ वर्षमुनि र ७५ वर्षमाथिकालाई मुटुको उपचार निःशुल्क हुने भए पनि उपत्यका बाहिर यो सुविधा सरकारले दिएको छैन ।

Previous Post

पाँच वर्षपछि पुनः सञ्चालनमा आउँदै काठमाडौं महानगरको वायोग्यास प्लान्ट

Next Post

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

सम्बन्धित खबर

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट
खेलमैदान

युएईलाई हराउदै नेपाल महिला टी-२० विश्वकपको ग्लोबल क्वालिफायरमा छनौट

५ जेष्ठ २०८२,
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?
आर्थिक

सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

५ जेष्ठ २०८२,
‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि
समाचार

‘हिमालयन चितुवा’ लाई ‘के वन क्रस १७५’को उपाधि

५ जेष्ठ २०८२,
हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति
फिचर-ब्यानर

हुम्लाको तिल गाउँमा लेदोयुक्त पहिरो, दर्जनौँ स्थानीय विस्थापित, घर र जलविद्युतमा क्षति

५ जेष्ठ २०८२,
जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस
फिचर-ब्यानर

जुम्लामा चट्याङको कहर : २२ च्याङ्ग्रा मरे, दुई गोठाला बेहोस

५ जेष्ठ २०८२,
रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए
आर्थिक

रामपुरका सबै बालबालिकाले पूर्णखोप लगाए

५ जेष्ठ २०८२,
Load More
Next Post
सिक्लेस हाइड्रोको आईपीओ बुधबारदेखि खुला हुने

आइपिओ निष्कासन गर्दै मोदी इनर्जी

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In