पोखरा, १५ फागुन । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री खगराज अधिकारीले स्वर्गीय रवीन्द्र अधिकारीको असल संस्कारलाई अगाल्दै एमाले अगाडि वढ्नु पर्ने बताउनुभएको छ । रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्धारा सोमबार पोखरामा आयोजित चौथो स्मृति सभा तथा सम्मान कार्यक्रममा आफ्ना भनाई राख्दै मुख्यमन्त्री अधिकारीले भन्नुभयो–‘ आदर्शवान नेता स्वर्गीय रवीन्द्र अधिकारीको अनुशरण गर्न आवश्यक छ । ’
‘पार्टीमा सक्रिय नेता रवीन्द्र अधिकारीको निधनले पार्टीलाई अपूरणीय क्षति पुगेको बताउँदै मुख्यमन्त्री अधिकारीले हेलिकप्टर दुर्घटनामा उहाँको मृत्यु भएको खवर त्यतिवेला हामीले पत्याउनै सकेका थिएनौ,’ उहाँले भन्नुभयो । स्व. रवीन्द्र अधिकारीका अपूरा कामलाई पूरा गर्दै गर्न जरुरी भएको भनाई पनि उहाँको थियो ।
विशेष अतिथिको रुपमा बोल्दै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति एवं संस्कतिविद् पा.डा. जगमान गुरुङले स्व. रवीन्द्र अधिकारी आदर्शवान र जनताका नेता भएको स्मरण गर्नुभयो ।
रवीन्द्र अधिकारीको विचार र मार्गनिर्देशनलाई पछ्याउन सक्यौ भने देश विकास र समृद्धि तर्फ अगाडि वढ्स सकिने भनाई उहाँको छ । नेपालमा लामो समयदेखि राजनीतिक अस्थिरता रहेको वताउँदै उहाँले नेताहरु दलगत स्वार्थबाट माथि उठेर देशको समृद्धि र सुखी नेपाली बनाउन तर्फ जुट्न आग्रह गर्नुभयो । छक्का पञ्जा र भ्रष्टाचारको राजनीतिले देश वर्वाद भयो, उहाँले भन्नुभयो–‘ संघीय गणतान्त्रिक व्यवस्था नै खतरामा पर्दै गएको छ ।’
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानकी अध्यक्ष एवंं स्वं रवीन्द्र अधिकारीकी धर्मपत्नी विद्या भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा स्मृति सभामा प्रतिष्ठानका महासचिव धनराज आचार्य, सचिव पुष्पज्योति ढुंगाना, प्रतिक्ष्ठानका सल्लाहकार प्राडा भरतराज पहारी लगायतले रवीन्द्र अधिकारीले राजनीतिक एवं सामाजिक क्षेत्रमा पुर्याएको योगदानको चर्चा गर्नुभएको थियो ।
सो अवसरमा रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्धरा स्थापित रवीन्द्र अधिकारी स्मृति पर्यटन पत्रकारिता पुरस्कार २०७९ द्धारा पत्रकार सुरज कुँवरलाई पचास हजार रुपैयाँ नगदसहित सम्मान पत्रद्धारा सम्मान गरिएको थियो ।