नरिवलको दूध दिनमा २–३ लिटर पानीको सट्टा पिउनाले रेचक (दिसा सफा गर्र्ने) को काम गर्दछ । रोटी बनाउने पिठोमा नरिवलको कोरेको धुलो मिलाउने या खानाको साथमा नरिवल चपाएर खानाले कब्ज हुन पाउँदैन ।
पाकेको नरिवलको फलमा यथेष्ट रेशाहरु रहन्छन् जसले कब्ज निवारणमा ठूलो सहायता पु¥याउँछन् । तरिवल मसिनो चपाएर खाँदा बनेका प्रत्येक साना टुक्राहरुमा रहेका चिल्लो कणहरुले आन्द्रालाई स्निग्ध गर्नुका साथै कब्जकारक भोजनद्वारा आन्द्रामा आएको विकृतिलाई सन्तुलित गर्दै मल सफा गर्न मद्दत गर्दछन् । यिनले आन्द्राको मललाई कुनै प्रकारको विपरित क्रिया नगरी सरल रुपमा निकाल्न मद्दत गर्दछन् ।
झाडापखालाका रोगीलाई बराबर नरिवलको पानी पिउन दिइरहने हो भने केही घण्टामै झाडापखालाको लक्षण समाप्त भएर जान्छ । यो पानी पिउन दिएपछि जीवनजल या अन्य डिहाइड्रेसन दिनु जरुरत हुँदैन ।
साभार : ‘मेरो डाक्टर’बाट