ईसा मसिहका केही अमर वाणीहरुः
१. रोगीलाई चङ्गा बनाऊ, मृतलाई जियाऊ, भवनलाई शुद्ध पार, दुष्टात्मालाई बाहिर निकाल । आफ्नो भागमा सुन चाँदी न तामा केही नराख ।
२. घरमा प्रवेश गर्दा पिताको आशीष दिनु । यदि त्यस घरमा मानिस योग्य छन् भने तिम्रो कल्याण उनीसम्म पुग्नेछ । यदि योग्य छैनन् भने त तिम्रो कल्याण तिमीतिरै फर्किनेछ ।
३. यदि तिमीले मानिसका अपराधलाई क्षमा गर्नेछौ तब तिम्रो स्वर्गस्थ पिताले पनि तिमीलाई क्षमा गर्नेछन्, अन्यथा गर्ने छैनन् ।
४. हाम्रा पापलाई क्षमा गरिदेऊ, किनकि हामी पनि हरेकलाई क्षमा गर्दछौं जो हाम्रा ऋणी छन् ।
५. सचेत र सावधान रहनु र प्रार्थना गर्नु । किनकि तिमीलाई थाहा छैन कि कतिखेर जाने समय आउँछ ।
६. हे परिश्रमी र जिम्मेवारीले थिचिएका बन्धु मेरो नजिक आऊ । म तिमीहरुलाई विश्राम दिनेछु ।
७. मेरो जुआ आफ्ना काँधमा राख र मसँग सिक किनकि म भित्रैबाट नम्र र दीन छु र तिमीले आफ्नो मनमा विश्राम पाउनेछौ । मेरो जुआ सहज र त्यसको बोझ हलुका छ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट