यस्तो हात हेर्नमा अत्यन्त साधारण प्रकारको हुन्छ । यस्तो व्यक्तिको स्तर साधारण हुन्छ । यस्तो व्यक्तिको मानसिक विकास अति न्यून हुन्छ । हातको बनावट पनि ज्यादै अप्ठ्यारो किसिमले हुन्छ । उसको हात खस्रो एवं भारी हुन्छ । औँलाहरु छोटा हुन्छन् । औँलाहरु तथा हातको पछिल्लो हिस्सामा अधिक रौँ हुन्छन् ।
यस्तो व्यक्तिको जीवनको उद्देश्य केवल रोजगारीको निमित्त नै गुज्रन्छ । यिनीहरुमा तामसिक प्रवृत्ति अधिक हुन्छ । अपराधिक प्रवृत्तिका व्यक्ति यसै वर्गमा आउँछन् । यस्तो व्यक्तिमा हिंसा पशुता अधिक हुन्छ । औँलाहरुका साथै नङ पनि छोटा हुन्छन् ।
साभारः ‘हस्तरेखा’ पुस्तकबाट