छोरीको विवाहको सिलसिलामा एक व्यक्ति युवकलाई हेर्न उसको अफिस जाने भए । यो कुरा थाहा पाएर युवकले आफूसँगै काम गर्ने साथीलाई भन्यो— यार मसँग अनुभव छैन…. उनीहरु आउँदा तँ मसँगै बस् र उत्तर दिँदा मलाई सहयोग गर है ।
साथीले भन्योः तँ चिन्ता नगर, तेरो सबै कुरा मिलाइदिने जिम्मा मेरो भयो ।
निर्धारित समयमा केटीका बुवा अफिस पुगे र केटालाई भेटे ।
तिम्रो यहाँ कस्तो नोकरी हो बाबु ? केटीको बुवाले सोधे ।
जुनियर एसिस्टेन्ट हुँ युवकले भन्यो ।
होइन सिनियर एसिस्टेन्ट हो अजुर छेउमा बसेको साथीले कुरा मिलाउँदै भन्यो— यहाँ काम गर्ने एसिस्टेन्टहरुमा सिनियर हो ।
पैसा कति बचत गरेका छौ ? हुनेवाला ससुराले सोधे ।
धेरै छैन, वाणिज्य बैंकको बचत खातामा केही रकम जोडेको छु । युवकले जवाफ दियो ।
छवटा बैंकमा खाता खोलेको छ । साथीले सुधा¥यो— जम्मा गरेको पैसा त कति कति ?
अफिस के मा आउँछौ ? हुनेवाला ससुराले प्रश्न गरे ।
पुरानो एउटा स्कुटर छ । युवकल जवाफ दियो ।
हैन, हजुर छेउको साथीले फेरि भन्यो— दुईवटा बाइक छ, कार किन्ने तयारीमा छ । यो अलि संकोची स्वभावको छ त्यसैले सबै कुरा भन्दैन ।
साथीले अलि धेरै बोलेको देखेर युवकले कम बोल भन्ने इशारा गर्दै हल्का खोक्यो ।
के भो बाबु ? ससुराले सोधे— खोक्दै छौ, घाँटी दुख्ने समस्या छ ?
साथीले चम्कँदै भन्यो— टिबी छ हजुर टिबी ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट