कुनै कारणले स्वरयन्त्रमा समस्या आई स्वर सुक्नुलाई गला बस्नु (स्वर बस्नु) भनिन्छ ।
घरेलु उपचार
– गर्मीले या चिच्याउनाले गला बसेमा जेठीमधुको टुक्रा चुस्ने ।
– बोझोको जराको टुक्रा चुस्ने ।
– स्वागको सानो (केराउजत्रो) टुक्रा मुखमा राखेर चुस्ने ।
– सर्दीले गला बसेमा सुत्ने बेला दुई दाना मरिच र तीन चारवटा बतासा या एक चम्चा चिनी मिलाएर चपाउने ।
– खानापछि मरिचको धूलो नौनीमा मिलाएर चाट्ने ।
– घोडताप्रे, मरहट्टी, बोझो, सुठो, पिप्ला, अलैँची यति चीज समभाग कुटेर धूलो पारी एक ग्रामको मात्रा महसित चाट्ने ।
साभारः ‘योगतन्त्र’ पुस्तकबाट