जिन्दगी राम्रो बनाउने चाहना सबैभन्दा ठूलो बाधा तपाईंको सोचको सीमित दायरा नै हो । हर एकमा यो कमी हुन्छ र कयौँ मानिसमा र कति धेरै हुन्छ । जब काम गर्ने समय आउँछ तब उनीहरुलाई प्यारालाइसिस भएझैँ हुन्छ ।
आफूलाई सीमित गरिदिने खालको धारणाको मतलब हो कि तपाईंलाई आफ्नो प्रतिभा, बुद्धिमानी, धन, योग्यता या मिलिरहेको मौकामा शंका छ । यी धारणाको कारण, जसमध्ये कुनै सायद सही पनि छ, तपाईं आफ्नो वास्तविक इच्छा पूरा गर्नको लागि जरुरी पाइला उठाउनबाट पनि आफैलाई रोकिदिनुहुन्छ ।
आफ्नो सम्भावनाको बाटोको यी नकारात्मक बाधाबाट छुटकारा पाउने एक मात्र तरिका यही हो कि तपाईं आफ्नो बारेमा आफूद्वारा गर्न सकिने कामको बारेमा सोचलाई बदल्नुस् । तपाईं आफ्नो सोचलाई स्वतन्त्र छाडेर आफूलाई मनपर्ने जिन्दगीको बारेमा सोच्नुस् । यो सोचेर कि हर कुरा सम्भव छ, आफ्नो आदर्श जिन्दगीको सोचलाई साकार गर्नको लागि तपाईंले एक हप्ता, एक महिना, एक वर्ष या फेरि पाँच वर्ष जस्तो कुनै समय सीमा निर्धारित गर्नुस् ।
आदर्श सोचमा तपाईं आफ्नो जिन्दगीको सबै महत्वपूर्ण अंगमा विचार गरेर कल्पना गर्नुहुन्छ, यदि तपाईं हर हिसाबले हर लक्ष्य प्राप्त गर्नहुन्छ भने यी सबैमा तपाईंको स्थिति कस्तो हुनेछ ?
साभारः ‘सोच बदलौँ’ पुस्तकबाट