• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 18, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२ अशोज २०८३,
0
काभ्रेमा बाबुको काजकिरिया गर्दै छोरी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काभ्रेपलाञ्चोक।काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ धनेश्वरस्थित एक छोरी बाबुको काजकिरियामा बस्नुभएको छ । उहाँका पिता सुन्दर थापाको निधनपछि एकमात्र छोरी समीक्षाले बुबाको काजकिरिया गरिरहनुभएको छ ।

छोरा र छोरी समान हुन् भन्ने सन्देश दिन आफ्नो कर्तव्य सम्झेर बुबाको काजकिरियामा बसेको समीक्षाको भनाइ छ । समीक्षाले बुबाको निधनपछि आफैँ काजकिरियामा सहभागी भएर छोरी पनि आमाबुबाको समान सन्तान हुन् भन्ने व्यावहारिक सन्देश दिनुभएको स्थानीय दीपक थापाले बताउनुभयो । समीक्षाका बुबाको गत भदौ २८ गते निधन भएको हो ।

नेपाली समाजमा अभिभावकको काजकिरिया छोरा वा पुरुष सन्तानले मात्र गर्नुपर्ने मान्यता राखिँदै आएको छ । सोही मान्यता तोड्न आफूले प्रयास गरेको समिक्षाको भनाइ छ ।

यसअघि गत वर्षको साउनमा बनेपा नगरपालिका उपप्रमुख विमला दाहाल सापकोटासहित तीन छोरीले बाबुको काजकिरिया गर्नुभएको थियो । उहाँका बाबु पनौती नपा–१ रयालेका हरिप्रसाद सापकोटाको ९१ वर्षको उमेरमा निधन भएपछि दाहालसहित तीन छोरीले काजकिरिया गर्नुभएको थियो ।

छोरीले काजकिरिया गरेको विषयलाई आलोचित बनाइएपछि किरिया बसेका तीन छोरीले ‘१३ दिन हाम्रो बुबाको घरमा बसेर काजकिरिया गर्न देऊ, पीडा नदेऊ, १३ दिनपछि सदाका लागि माइतीको ढोका बन्द गरेर कर्मघर फर्कनेछौँ’ भन्ने सन्देश नै सार्वजनिक गर्नुभएको थियो ।

यस्तै उहाँहरूले ‘आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधानविपरीतको काम नगर्न’ चेतावनी दिनुभएको थियो । स्थानीयले पुरोहितलाई पनि बहिस्कार गर्नेसम्मको धम्की दिइएपछि अर्का पुरोहितबाट काजकिरिया गराइएको थियो । नेपालको संविधान र मुलुकी देवानी संहिताले छोरा र छोरीलाई समान अधिकार दिएको छ । यस्तै उक्त संहितामा छोरीले बाबुको सम्पत्ति लिन, उत्तराधिकारी बन्न र काजकिरिया गर्न छोरासरह अधिकार दिएको छ ।

Previous Post

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

metakhabar

metakhabar

सम्बन्धित खबर

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…
समाचार

बर्दिबासमा एन्टी स्नेक भेनम उपलब्ध नभएपछि…

२ अशोज २०८३,
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन
समाचार

भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन

२ अशोज २०८३,
संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो
समाचार

संविधान प्राप्तिको ११ वर्षः सीमान्तकृत समुदायको पहुँच बढ्यो

२ अशोज २०८३,
भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि
समाचार

भोटेकोशी बाढीः बेपत्ता आफन्त फर्किने आस मरेपछि परिवारले गरे अन्त्येष्टि

२ अशोज २०८३,
आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै
समाचार

आज गणेशमान सिंहको २९औँ स्मृति दिवस मनाइँदै

२ अशोज २०८३,
वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने
समाचार

वीरेन्द्रभक्त श्रेष्ठले पाँचौँपटक जिब्रो छेड्ने

२ अशोज २०८३,
Load More
Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In