काठमाड । दुई दिने नेपाल भ्रमणका लागि सोमबार आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मंगलबार स्वदेश फर्केका छन् । सोमबार बिहान साढे १० बजे काठमाडौं आइपुगेका क्वात्रालाई परराष्ट्रसचिव भरत पौड्यालले स्वागत गरेका थिए ।
परराष्ट्र मन्त्रालयका सचिव पौडेलको निमन्त्रणमा नेपाल(भारत सचिवस्तरी बैठकमा सहभागी हुन आएका सचिव क्वात्राले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई पटक भेटघाट गरेका छन् । पहिलो पटक १ फागुनमा औपचारिक भेटघाट गरेका क्वात्राले २ फागुन साँझ वालुवाटारमा अनौपचारिक भेटघाट गरेका हुन ।
नेपाल भारत सचिवस्तरीय वार्ताका लागि आएका भनिए पनि बिदेश सचिव क्वात्राले दुई दिनमा शिर्ष पार्टी अध्यक्षलगायत १४ जना नेतालाई भेटघाट गरेका छन् ।
उनले नेपाल भ्रमणका क्रममा राष्ट्रपति विद्यादेवि भण्डारी, प्रधानमन्त्री प्रचण्ड, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, नेकपा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपाल, परराष्ट्रमन्त्री विमला राई पौडेल, जनमत पार्टीका अध्याक्ष सिके राउत, राट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, लोकतािन्त्रक समाजवादी पाटीर्का अध्यक्ष महन्थ ठाकुर, उपप्रधान एवं भौतिक पुर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ, लगायतसँग भेटवार्ता गरे ।
राष्ट्रपति निर्वाचनमा सत्तारुढ दल र प्रतिपक्ष दल बिच सहमति हुन नसकिरहेको तथा त्यसमा राजनीतिक दलहरुबिच घोचपेच भईरहेको बेला बिदेश सचिव क्वात्राले संघीय संसदका ठुला देखी साना दलसम्मका नेताहरुसँग गरेको भेटलाई अर्थपुर्ण रुपमा लिईएको छ । मुख्यतः राष्ट्रपतिको निर्वाचन र सत्तारुढ गठबन्धनका भविश्यका बारेमा उनले चासो ब्यक्त गरेका थिए ।
सबैजसो राजनीतिक दलका नेतासँग सो बारेमा चासो ब्यक्त गरेका बिदेश सचिव क्वात्राले अन्तिमा प्रधानमन्त्री प्रचण्डसँग ‘अनअफिसियल’ भेटघाट गरेर स्वदेश फर्केका हुन ।