रवीन्द्रनाथ टैगोरका केही अमर वाणीहरुः
१. विश्वविद्यालयलाई ज्ञान संग्रह र वितरण गर्ने मेशिन जस्तो संस्थान कदापि बनाउनुहुन्न । तिनको माध्यमबाट मानिसले आफ्नो बौद्धिक सेवाभाव तथा मानसिक सम्पत्ति अरुलाई अर्पित गरुन् र प्रतिफलमा शेष विश्वमा उपहार पाउने आफ्नो गौरवपूर्ण अधिकार प्राप्त गरुन् ।
२. जुन विषयलाई प्रमाणित गर्न सकिन्न र अप्रमाणित पनि गर्न सकिन्न, त्यसका बारेमा मनलाई खुला राख्नु नै उचित छ ।
३. साहित्यको काम हो हृदयलाई मिलाइदिनु, योग नै साहित्यको अन्तिम लक्ष्य हो ।
४. वैभव र सम्पन्नताले मात्र बालक असल मानिस बन्दैन । बरु उनीहरु अलि बढी बिग्रन्छन् ।
५. जो शान्त भावले सहने गर्दछ ऊ गम्भीर रुपले आहत पनि हुन्छ ।
६. श्रेष्ठ शिक्षा त्यो होइन जसले केवल जानकारी मात्र दिन्छ । साँचो शिक्षा त्यो हो जसले हाम्रो जीवन र वातावरणसँग सामञ्जस्य स्थापित गराउँछ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













