• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बुधबार, २५ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    बेनी खानेपानीको पाइप लाइन मर्मत

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ कात्तिक २०८३,
0
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

Exif_JPEG_420

3
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

अर्घाखाँची । राप्ती नदीको वारि अर्घाखाँची जिल्ला छ । नदीपारि रहेको लुम्बिनी प्रदेशको राजधानी भालुबाङ अर्घाखाँचीको सिमानासँगै जोडिएको छ । भौगोलिक रूपमा निकै नजिक रहे पनि प्रदेश राजधानी पुग्न अर्घाखाँचीवासीले लामो र घुमाउरो सडकयात्रा गर्नुपर्ने बाध्यता छ । सदरमुकाम सन्धिखर्कबाट कपिलवस्तुको गोरुसिङ्गे, चन्द्रौटा र धानखोला हुँदै भालुबाङ पुग्न करिब १२० किलोमिटर यात्रा गर्नुपर्छ ।

तर, अब यो बाध्यता अन्त्य हुने आशा पलाएको छ । सन्धिखर्कको गच्छेबाट ढिकुरा, धनचौर, जुकेना, जलुके, लामाताल र दरबाङ हुँदै भालुबाङ जोड्ने गच्छे–भालुबाङ सडक निर्माणले तीव्रता पाएसँगै अर्घाखाँची र प्रदेश राजधानीबीचको दूरी छोटिने भएको हो । यो सडक निर्माण सम्पन्न भए अहिले प्रयोग भइरहेको गोरुसिङ्गे हुँदै जाने सडकमार्गभन्दा करिब ४७ किलोमिटर दूरी कम हुनेछ । अर्थात्, अहिले १२० किलोमिटर यात्रा गर्नुपर्ने भालुबाङ पुग्ने दूरी घटेर करिब ७३ किलोमिटरमा सीमित हुनेछ ।

प्रदेश राजधानी आफ्नै जिल्लाको सिमानामा भएर पनि घुमाउरो बाटो प्रयोग गर्नुपर्ने अवस्थाको अन्त्य गर्ने उद्देश्यले अघि बढाइएको यो सडक अर्घाखाँचीको महत्त्वपूर्ण पूर्वाधार आयोजनाका रूपमा स्थापित हुँदै गएको छ । लुम्बिनी प्रदेश सरकारले गौरवको योजनाका रूपमा अघि बढाएको यस सडकको निर्माणकार्य सडक पूर्वाधार विकास कार्यालय अर्घाखाँचीले अगाडि बढाएको छ ।

गच्छेबाट सुरु भएर भालुबाङसम्म पुग्ने सडकको कुल लम्बाइ ७३ किलोमिटर छ । सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर वासुदेव भण्डारीका अनुसार गच्छेदेखि धनचौर हुँदै लामातालसम्मको ४७.५ किलोमिटर सडकमा ग्राभेल गर्ने काम सम्पन्न भइसकेको छ ।

सडक निर्माणका विभिन्न खण्डमा क्रमशः कालोपत्र, ग्राभेल तथा आवश्यक संरचना निर्माणका काम भइरहेका छन् । गच्छेदेखि गैरागोठसम्मको सडक गत आर्थिक वर्षमै कालोपत्र सम्पन्न भएको थियो । चालु आर्थिक वर्षमा पनि दुईवटा खण्डमा निर्माणकार्यलाई अगाडि बढाइएको कार्यालय प्रमुख भण्डारीले जानकारी दिए ।

उनका अनुसार अम्मर एसियाली मल्लरानी जेभी प्युठानले गच्छेदेखि ढिकुरासम्मको ५.६५ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्ने काम गरिरहेको छ । उक्त खण्डमा सडक कालोपत्रसँगै आवश्यक संरचना निर्माण तथा ग्राभेलको कामसमेत भइरहेको छ । यसका लागि करिब साढे तीन करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । निर्माणकार्य केही दिनमै सम्पन्न हुने कार्यालय प्रमुख भण्डारीले बताए ।

त्यस्तै, समपूरक आयोजनाअन्तर्गत अर्को सडकखण्डमा पनि कालोपत्रको काम अघि बढेको छ । खनाल वैदर्श सागर जेभी अर्घाखाँचीले अघिल्लो आर्थिक वर्षमा सम्झौता गरेर निर्माणकार्य सुरु गरेको हो । उक्त आयोजनाअन्तर्गत झन्डै ९.५ किलोमिटर सडक कालोपत्रसहित निर्माण भइरहेको छ ।

समपूरक आयोजनाअन्तर्गत निर्माण भइरहेको सडकको भौतिक प्रगति करिब ३५ प्रतिशत पुगेको निर्माण व्यवसायी कविराम खनालले जानकारी दिए । आगामी आर्थिक वर्षसम्म सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भए पनि निर्माणकार्यलाई तीव्रता दिँदै चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए ।

सडक निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारबाट रु पाँच करोड र सङ्घीय सरकारबाट रु पाँच करोड गरी रु १० करोड बजेट विनियोजन भएको छ । सोही बजेटबाट झन्डै साढे नौ किलोमिटर सडकमा अस्फाल्ट कालोपत्र गर्नेगरी काम भइरहेको सडक पूर्वाधार विकास कार्यालयका प्रमुख इन्जिनियर भण्डारीले जानकारी दिए ।

वर्षौँदेखि प्रदेश राजधानीसँग सहज सडक सम्पर्कको प्रतीक्षामा रहेका जिल्लावासीका लागि सडक निर्माणले गति लिनु उत्साहजनक विषय बनेको छ । सडकका विभिन्न खण्डमा कालोपत्र तथा स्तरोन्नतिको काम अगाडि बढेसँगै आयोजना पूरा हुने अपेक्षा पनि बढेको छ ।

गच्छे–भालुबाङ सडक निर्माण सम्पन्न भए यसको लाभ अर्घाखाँचीका नागरिकले मात्र नभई छिमेकी जिल्ला गुल्मी, प्युठान र पाल्पाका बासिन्दाले समेत लिन सक्नेछन् । सन्धिखर्कलाई प्रदेश राजधानीसँग छोटो सडकमार्गबाट जोड्ने यो सडकले जिल्लाका ग्रामीण क्षेत्रको यातायात पहुँच विस्तारमा समेत महत्त्वपूर्ण भूमिका खेल्नेछ ।

विशेषगरी नेपालको सबैभन्दा ठूलो नगरपालिका शितगङ्गा नगरपालिकाका वडा नं ५, ६ र ७ तथा भूमिकास्थान नगरपालिकाका वडा नं ९ र १० हुँदै यो सडक जाने भएकाले ती क्षेत्रका नागरिक प्रत्यक्ष लाभान्वित हुने भूमिकास्थान नगरपालिका–१० धनचौरका स्थानीय समाजसेवी लेखनाथ पाण्डेले बताए ।

अहिले ती क्षेत्रका नागरिकलाई सदरमुकाम, प्रदेश राजधानी तथा अन्य बजार क्षेत्रसम्म पुग्न भौगोलिक अवस्था र सडकको पहुँचका कारण विभिन्न समस्या झेल्नुपर्ने अवस्था छ । सडक निर्माण सम्पन्न भएपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुनुका साथै कृषि तथा पशुजन्य उत्पादन बजारसम्म पुर्‍याउन पनि सजिलो हुनेछ ।

ग्रामीण क्षेत्रमा उत्पादित तरकारी, फलफूल, दूध तथा अन्य कृषि उपजले बजार पाउने सम्भावना बढ्नेछ । सडक पहुँच विस्तारसँगै स्थानीयस्तरमा व्यापार व्यवसाय, होटल तथा पर्यटन गतिविधि बढाउन पनि सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

त्यस्तै, प्रदेश राजधानी भालुबाङसँग प्रत्यक्ष सडक सम्पर्क स्थापित भएपछि सरकारी कार्यालयका काम, स्वास्थ्य उपचार, शैक्षिक गतिविधि तथा व्यापारिक प्रयोजनका लागि आवतजावत गर्ने नागरिकलाई ठूलो राहत मिल्नेछ । प्रदेश राजधानी पुग्न लाग्ने समय, इन्धन खर्च र यातायात खर्च घट्ने भएकाले यसले समग्र आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ ।

गच्छे–भालुबाङ सडक निर्माणमा प्रगति भइरहे पनि सम्पूर्ण सडकलाई कालोपत्र गरी पूर्णता दिन पर्याप्त बजेटको आवश्यकता छ । हालसम्म भएका निर्माणकार्यले सडकको आधार तयार पार्ने काम गरे पनि बाँकी खण्डको स्तरोन्नति र कालोपत्रका लागि थप बजेट आवश्यक देखिएको छ ।

झन्डै रु एक अर्ब बजेट उपलब्ध हुन सके सम्पूर्ण सडक कालोपत्र गर्न सकिने अनुमान गरिएको छ । त्यसैले प्रदेश सरकारको गौरवको योजनाका रूपमा रहेको यस सडकलाई पूर्णता दिन प्रदेश र सङ्घीय सरकारले विशेष प्राथमिकता दिनुपर्ने आवश्यकता छ ।

प्रदेश राजधानीसँग जोडिने सडक भएकाले यसलाई सामान्य स्थानीय सडकका रूपमा मात्र नभई प्रदेशस्तरीय महत्त्व बोकेको रणनीतिक सडकका रूपमा हेर्नुपर्ने जिल्लावासीको अपेक्षा छ । पर्याप्त बजेट विनियोजन गरी बहुवर्षीय योजनाका रूपमा निरन्तर काम अगाडि बढाउन सके आगामी केही वर्षभित्रै सडकले पूर्णता पाउने सम्भावना छ ।

अहिले भौगोलिक रूपमा नजिक भएर पनि सडकका कारण टाढा रहेको भालुबाङलाई गच्छे–भालुबाङ सडकले अर्घाखाँचीको पहुँचमा ल्याउनेछ । यो सडकले केवल ४७ किलोमिटर दूरी घटाउने मात्र नभई जिल्लाको आर्थिक, सामाजिक र प्रशासनिक सम्बन्धलाई प्रदेश राजधानीसँग थप मजबुत बनाउनेछ ।

अर्घाखाँचीको विकास, ग्रामीण क्षेत्रको समृद्धि र प्रदेश राजधानीसँगको सहज सम्पर्कका लागि महत्त्वपूर्ण मानिएको यो आयोजना समयमै सम्पन्न हुनु आवश्यक छ । निर्माणाधीन सडकलाई पर्याप्त बजेट, प्रभावकारी अनुगमन र निरन्तर निर्माणको वातावरण बनाउन सके गच्छे–भालुबाङ सडक जिल्लाको विकासमा नयाँ कोशेढुङ्गा बन्न सक्नेछ ।

अघिल्लो समाचार

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

अर्को समाचार

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी
अन्तर्राष्ट्रिय

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत
समाचार

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?
फिचर-ब्यानर

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?
अन्तर्राष्ट्रिय

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना
समाचार

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,
जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु
समाचार

जलविद्युत आयोजनाको सहयोगमा सडक मर्मत सुरु

२५ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

ट्रम्पको डेस्कमा ‘भिटो’ टोपी

२५ कात्तिक २०८३,
बेनी खानेपानीको पाइप लाइन मर्मत

बेनी खानेपानीको पाइप लाइन मर्मत

२५ कात्तिक २०८३,
प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

प्रधानमन्त्री शाहको भ्रमण बारे भारतले के भन्यो ?

२५ कात्तिक २०८३,
बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

बन्दैछ गच्छे–भालुबाङ सडकः १२० किमीको घुमाउरो यात्रा अब ७३ किलोमिटरमा झर्दै

२५ कात्तिक २०८३,
नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

नेतन्याहूको तीन दशक लामो राजनीतिक वर्चस्व तोड्न अघि सरेका आइजनकोट को हुन् ?

२५ कात्तिक २०८३,
विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

विपद्पछिको सञ्चार पूर्वाधार पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग आवश्यक : मन्त्री तिमिल्सिना

२५ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन