• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
बिहिबार, २६ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

    सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

    वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

    वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

    एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

    एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

    छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

    छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

    देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

    देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

    छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

    छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

नरेशका झुट एक-एक गर्दै उधिनेका म्याथ्यु स्वीट, ममता हत्या मुद्दासँगै जिते नेपाली समुदायको मन

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२५ कात्तिक २०८३,
0
नरेशका झुट एक-एक गर्दै उधिनेका म्याथ्यु स्वीट, ममता हत्या मुद्दासँगै जिते नेपाली समुदायको मन
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

ममता काफ्लेको शव नभेटिएको अवस्थामा पनि परिस्थितिजन्य प्रमाण, डिजिटल विवरण र नरेश भट्टकै विरोधाभासपूर्ण बयानलाई अदालतमा जोड्दै दोषी ठहर गराउन सफल सरकारी वकिल म्याथ्यु स्वीट नेपाली समुदायमा चर्चित बनेका छन्।

अमेरिकाको भर्जिनियामा नेपाली नर्स ममता काफ्लेको हत्या मुद्दामा नरेश भट्टलाई तीनवटै अभियोगमा दोषी ठहर गराउन अभियोजन पक्षबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्ति हुन्, म्याथ्यु स्वीट।

अदालतभित्र नरेश भट्टमाथि लगातार प्रश्न गर्दै उनका विगतका भनाइ, प्रहरीलाई दिएका जानकारी र अदालतमा प्रस्तुत बयानबीचका विरोधाभास उजागर गर्ने स्वीटको जिरहले सुनुवाइका क्रममा विशेष ध्यान खिचेको थियो।

ममताको शवसमेत फेला नपरेको अवस्थामा अभियोजन पक्षसामु हत्या प्रमाणित गर्नु चुनौतीपूर्ण थियो। तर स्वीटले विभिन्न प्रमाण र नरेशकै बयानलाई एकआपसमा जोडेर जुरीसमक्ष अभियोजन पक्षको दाबी स्थापित गर्ने प्रयास गरे।

त्यसक्रममा नरेशले ममताकी आमा, आफन्त, साथीभाइ, छिमेकी र प्रहरीसँग आफूले फरक-फरक कुरा गरेको तथा झुट बोलेको स्वीकार गरेको विषय स्वीटले जिरहमा उठाएका थिए।

जुरीसामु नरेशको विश्वसनीयतामाथि प्रश्न उठाउँदै उनले भनेका थिए, ‘यु आर एन एड्मिटेड् लायर टु दिस इन्टायर जुरी’अर्थात्, ‘तपाईंले यो जुरीसामु आफूले झुट बोलेको स्वीकार गरिसक्नुभएको छ।’

यो जिरह मुद्दाको चर्चित क्षणमध्ये एक बन्यो। नरेशलाई प्रश्न सोध्नुमा मात्र स्वीटको भूमिका सीमित थिएन। उनले अभियोजन पक्षका तर्फबाट प्रस्तुत प्रमाण, साक्षीका बयान र अनुसन्धानबाट प्राप्त विवरणलाई जोडेर ममताको हत्या भएको निष्कर्षमा पुग्न जुरीलाई आधार प्रस्तुत गरेका थिए।

अन्ततः जुरीले मंगलबार अर्थात् नोभेम्बर १० मा नरेशलाई प्रथम श्रेणीको हत्या, शव लुकाएको र मृत शरीरको अपमान गरेको तीनवटै अभियोगमा दोषी ठहर गर्‍यो।

१४ वर्ष न्यूयोर्कमा अभियोजनको अनुभव

म्याथ्यु स्वीट प्रिन्स विलियम काउन्टी, मनासस र मनासस पार्क क्षेत्रका डेपुटी कमनवेल्थ एटर्नी अर्थात् सरकारी वकिल हुन्। उनी डिसेम्बर २०२२ देखि उक्त कार्यालयमा कार्यरत छन्।

ममता हत्या मुद्दामा उनले अभियोजन टोलीको सदस्यका रूपमा काम गरेका थिए। विशेषगरी नरेश आफैँ साक्षीका रूपमा अदालतमा उपस्थित भएपछि स्वीटले गरेको प्रतिप्रश्न (क्रस–एक्जामिनेसन) चर्चाको विषय बन्यो।

नरेशले सुरुमा ममता घर छाडेर गएको र सम्भवतः न्युयोर्क वा टेक्सास पुगेको हुन सक्ने बताएका थिए। तर अदालतमा उनले ममता मृत अवस्थामा भेटिएको र आफूले उनको शव टुक्र्याएर फालेको बयान दिए। उनले हत्या भने अस्वीकार गरे।

स्वीटले यही विरोधाभासलाई जिरहको केन्द्रमा राखे। ममताका आफन्त, साथीभाइ र प्रहरीसँग बोलेका कुरादेखि नरेशले पहिले दिएका बयानसम्मका विषयमा प्रश्न गर्दै उनले नरेशको विश्वसनीयतामाथि चुनौती दिएका थिए।

अदालतमा अभियोजन पक्षले ८० भन्दा बढी साक्षीको बयान, फरेन्सिक परीक्षण, सीसीटीभी फुटेज, फोन विवरण र अन्य डिजिटल प्रमाण प्रस्तुत गरेको थियो।

नरेशले आफैँ शव व्यवस्थापन गरेको स्वीकार गरे पनि हत्या नगरेको दाबी गरेपछि उनको बयान र अन्य प्रमाणबीचको सम्बन्ध स्थापित गर्नु अभियोजन पक्षका लागि महत्त्वपूर्ण बनेको थियो।

१३ वर्ष न्यूयोर्क, त्यसपछि भर्जिनिया

स्वीटको कानुनी क्षेत्रमा लामो अनुभव छ। भर्जिनियाको प्रिन्स विलियम काउन्टीमा आउनुअघि उनले लाउडन काउन्टीमा सिनियर असिस्टेन्ट कमनवेल्थ एटर्नीका रूपमा काम गरेका थिए।

त्यसअघि उनले न्युयोर्कको क्विन्स काउन्टी डिस्ट्रिक्ट एटर्नी कार्यालयमा १३ वर्षभन्दा बढी समय अभियोजनकर्ताका रूपमा बिताएका थिए।

स्वीटले आफ्नै सार्वजनिक व्यावसायिक विवरणमा सन् २०२१ मा न्यूयोर्क छाडेर भर्जिनिया आएको उल्लेख गरेका छन्। उनले मिशिगन स्टेट युनिभर्सिटी कलेज अफ लबाट कानुनको अध्ययन गरेका हुन्।

नेपाली समुदायका लागि आशाको पात्र

ममता हत्या मुद्दामा स्वीटको भूमिकाले अमेरिकामा रहेका नेपाली समुदायको पनि ध्यान खिचेको छ। भर्जिनियामा रहेका नेपाली प्रसन्न संग्रौलाले सामाजिक सञ्जालमा लेख्दै स्वीट र उनको अभियोजन टोलीको मेहनतको प्रशंसा गरेका छन्।

आफ्नो परिवारको सदस्य नभए पनि, आफ्नो देशको नागरिक नभए पनि र भाषा तथा संस्कृति नमिले पनि कसैले अर्को व्यक्तिको पीडालाई गम्भीरतापूर्वक लिँदा ऊ आफ्नै परिवारको सदस्यजस्तै लाग्ने उनलेे बताएका छन्।

संग्रौलाले स्वीटलाई नेपाली समुदायका लागि ‘अँध्यारो बादलमा देखिएको आशाको चाँदीको घेरा’ (सिल्भर लिनिङ) को संज्ञा दिएका छन्।

उनले लेखेका छन्, ‘हामीले चाहेको फैसला आउँदा मात्र धन्यवाद दिने र नआउँदा सबै योगदान बिर्सिने संस्कार हुनुहुँदैन।’

उनले स्वीटसँगै यस मुद्दामा खटिएका सरकारी वकिल, अनुसन्धानकर्ता, प्रहरी अधिकारी र न्यायका लागि आवाज उठाउने सबैप्रति सम्मान व्यक्त गरेका छन्।

ममता हत्या मुद्दामा अन्तिम फैसला भने जुरीको निर्णयका आधारमा आएको हो। स्वीटको भूमिका अभियोजन टोलीका तर्फबाट प्रमाण प्रस्तुत गर्ने र नरेशको बयानमाथि जिरह गर्ने महत्त्वपूर्ण भूमिकाका रूपमा स्थापित भएको छ। यस मुद्दामा अभियोजन टोलीका अन्य सदस्यले पनि साक्षी परीक्षण र बहसमा योगदान दिएका थिए।

नरेशको सजाय निर्धारणका लागि सन् २०२७ मार्च १२ को मिति तोकिएको छ। उनलाई हत्याको अभियोगमा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ।

अघिल्लो समाचार

काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि

अर्को समाचार

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध
फिचर-ब्यानर

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

२६ कात्तिक २०८३,
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ
खेलमैदान

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

२६ कात्तिक २०८३,
एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो
अन्तर्राष्ट्रिय

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

२६ कात्तिक २०८३,
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै
समाचार

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

२६ कात्तिक २०८३,
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती
फिचर-ब्यानर

देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

२६ कात्तिक २०८३,
छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने
फिचर-ब्यानर

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

२६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

आज २०८३ साल कात्तिक २५ गते बुधबार राशिफल

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, ३२ लाखभन्दा बढी आवद्ध

२६ कात्तिक २०८३,
वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

वीरगन्ज कारागारबाट फरार कैदी साह भारतको आदापुरबाट पक्राउ

२६ कात्तिक २०८३,
एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

एनपीएल : विराटनगरको तेस्रो जित, पोखरा बाहिरियो

२६ कात्तिक २०८३,
छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

छठ पर्वको तयारी अन्तिम चरणमा, गौरीघाटमा ६०० पूजास्थल व्यवस्थापन हुँदै

२६ कात्तिक २०८३,
देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

देउसी-भैलोमा अश्लील नृत्य : रूपन्देही प्रहरीको हिरासतमा पुगे पाँचजना युवती

२६ कात्तिक २०८३,
छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

छठ मनाउन मधेस झर्न लागेका रास्वपा सभापति रवि पार्टी शुभचिन्तककै घरमा बस्ने

२६ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन