• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
मङ्गलबार, २४ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

    चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

    बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

    बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

    यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

    कस्तो होला आज देशभरको मौसम ?

    जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

    नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

    नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

    नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

उत्पादन बढेपछि फूलको मूल्य घट्यो

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२३ कात्तिक २०८३,
0
उत्पादन बढेपछि फूलको मूल्य घट्यो
4
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

सुनसरी। यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।

विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताउनुभयो । उहाँले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताउनुभयो । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उहाँको भनाइ छ ।

गत वर्ष ठूलो एक बन्डल फूल रु ७०० का दरले १० हजार बन्डलसम्म बिक्री भएको थियो । यस वर्ष भने रु ५०० मा मुस्किलले बिक्री भइरहेको उहाँले सुनाउनुभयो । उहाँले धनकुटाको थलथले क्षेत्रबाट किसानसँग फूल खरिद गरेर धरान–१३ स्थित कृषि उपज बजारमा ल्याई बिक्री गर्दै आउनुभएको छ ।

पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गर्नुभएका अर्का व्यापारी असिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताउनुभयो । “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उहाँले भन्नुभयो, “प्रतिमुठा रु ७० देखि ८० मा खरिद गरेको फूल अहिले रु ४० देखि ५० मा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ ।”

धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताउनुभयो । उहाँका अनुसार गत वर्ष प्रतिमुठा रु १०० मा बिक्री भएको फूल यस वर्ष रु ४० देखि ५० मा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला रु २०० देखि रु २५० सम्ममा बिक्री भएको फूलमाला यस वर्ष रु १०० मा सहजै पाउन सकिने अवस्था रहेको उहाँले बताउनुभयो ।

धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताउनुभयो । लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ ।

यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने मारमा परेको उहाँले बताउनुभयो । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब रु पाँच करोडभन्दा बढीको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताउनुभयो ।

सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताउनुभयो । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उहाँको भनाइ छ ।

तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्रीवितरण बढेको छ । यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको उहाँले बताउनुभयो । स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि बजार मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।

अघिल्लो समाचार

केराका बोट, आम्दानीको स्रोत

अर्को समाचार

हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र
जीवन शैली

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

२४ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
आवाज

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक २०८३,
बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण
समाचार

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

२४ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात
समाचार

कस्तो होला आज देशभरको मौसम ?

२४ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति
समाचार

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक २०८३,
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै
फिचर-ब्यानर

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२४ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

हराउँदै गयो रैथाने गाईगोरु पाल्ने चलन

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

जाँचबुझ आयोगले मेयर बालेनलाई पठायो पत्र

चाडपर्वहरूले सामाजिक एकता र सहिष्णुताको भावनालाई बलियो बनाउँछन्ः प्रधानमन्त्री शाह

२४ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक २०८३,
बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

बाँसका सामग्री बनाउने पेसामा सबै समुदायको आकर्षण

२४ कात्तिक २०८३,
यी स्थानमा आज हुनेछ वर्षा र हिमपात

कस्तो होला आज देशभरको मौसम ?

२४ कात्तिक २०८३,
जेनजीसँग आज शीतल निवासमा छलफल गर्दै राष्ट्रपति

नेपाल संवत्ले सामाजिक समानताको दिशामा अघि बढ्न प्रेरणा प्रदान गर्ने राष्ट्रपतिको विश्वास

२४ कात्तिक २०८३,
नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

नेपाल संवत् ११४७ सुरु, नेवार समुदायमा म्हः पूजा गरिँदै

२४ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन