• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
आइतबार, २२ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    ‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

    कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

    मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

    मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

    इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

    होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

    सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

    रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

कार्तिक कृष्ण आमावास्या: धनधान्य एवं ऐश्वर्यकी देवी लक्ष्मीको पूजा गरिँदै

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२२ कात्तिक २०८३,
0
भाद्र शुक्ल अष्टमी : धनधान्यकी देवी महालक्ष्मीको विशेष आराधना गरिँदै
6
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

काठमाडौँ, २२ कात्तिक: ऐश्वर्य, धनधान्य एवं सम्पन्नताकी देवी लक्ष्मीको आज विशेष पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा पर्व मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक कृष्ण औँसी अर्थात् यमपञ्चक एवं तिहारको तेस्रो दिन लक्ष्मीपूजा गर्ने वैदिक सनातनी परम्परा छ ।

सफासुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यतासहित आज सरसफाइ गरी लक्ष्मीको पूजा गरिने धर्मशास्त्रविद् प्रा तोयराज नेपालले बताउनुभयो । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्‍याङलगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । यस पर्वलाई दीपमालिका पनि भनिन्छ ।

लक्ष्मी पूजा गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइन्छ । हाल पालामा दियोको स्थानमा मैनबत्ती बाल्ने प्रचलन पनि बढ्न थालेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रविद् प्रा नेपालले बताउनुभयो । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ ।

लक्ष्मीपूजा पछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणासमेत दिने प्रचलन छ । आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धन धान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले राससलाई जानकारी दिनुभयो ।

आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्ण्ॉले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिनुभएको थियो । वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । ‘भलो होस्’ भन्ने शब्द समय क्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो ।

आज भैलो खेल्न आउनेलाई धान, चामल, फूलमाला, पैसा र सेलरोटी दिइन्छ । भैलो खेल्न आउनेलाई दिइने दान कात्तिकको दान भएकाले नदिएमा राम्रो नहुने र दिएमा पुण्य प्राप्त हुने धार्मिक विश्वास छ । लक्ष्मी पूजाका अवसरमा आज सहर बजारमा दीपावली गरी झिलीमिली बनाइन्छ । कुल परम्पराअनुसार कतै आजै बिहान गाईको पूजा गर्ने प्रचलन समेत छ । शास्त्रीय रुपमा भने औँसीपछि कार्तिक शुक्ल प्रतिपदा लागेपछि मात्र गाई पूजा गर्नुपर्ने उल्लेख गरिएको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराईले जानकारी गराउनुभयो ।

तिहारका अवसरमा आजैदेखि पर्व बिदा दिने गरिएकामा यस वर्ष भने आइतबारको सार्वजनिक बिदाकै दिनमा यो पर्व परेको छ । सोमबारदेखि कात्तिक २६ गते भाइटीकाको भोलिपल्टसम्म तिहार बिदा परेको छ ।

अघिल्लो समाचार

प्रहरी केनाइन कार्यालयमा कुकुर पूजा सम्पन्न

अर्को समाचार

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी
आवाज

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

२२ कात्तिक २०८३,
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै
आवाज

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक २०८३,
कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो
फिचर-ब्यानर

कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

२२ कात्तिक २०८३,
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन
फिचर-ब्यानर

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

२२ कात्तिक २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा
आवाज

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

२२ कात्तिक २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य
आवाज

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

२२ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

‘भोटे कुकुर’: भेँडाबाख्राका रक्षक, गोठालाका सारथी

२२ कात्तिक २०८३,
तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

तिहार बिदामा मुस्ताङ घुम्ने पर्यटक बढ्दै

२२ कात्तिक २०८३,
कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

कार्तिक कृष्ण चतुर्दशी: नरक चतुर्दशी स्नान र दीपदान गरियो

२२ कात्तिक २०८३,
मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

मुन्दुम पदमार्गको जानकारी दिन वेबसाइट सञ्चालन

२२ कात्तिक २०८३,
इरानद्वारा व्यावसायिक जहाजहरूको लागि हर्मुज जलमार्ग खुला भएको घोषणा

होर्मुजमा दुई तेल ट्याङ्करमा आगलागी भएको इरानको दाबी

२२ कात्तिक २०८३,
सेलुलाइटिसको उपचारमा रवि लामिछाने, स्वास्थ्य अवस्था सामान्य

रास्वपाका सभापति लामिछानेको कामनाः सामाजिक र राष्ट्रिय एकता बलियो होस्

२२ कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन