• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शुक्रबार, २० कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

    ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

    इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

    सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

    पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

    फूलैफूलको मौसम तिमीलाई…

    फूलैफूलको मौसम तिमीलाई…

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

मेटाखबर संवाददाता मेटाखबर संवाददाता
२० कात्तिक २०८३,
0
फूलैफूलको मौसम तिमीलाई…
1
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

गण्डकी। फूलैफूलको पर्व तिहार ढोकैमा आइपुगेको छ । यही छेकोमा पोखरा रङ्गशालाको प्रदर्शनीकक्ष रङ्गीबिरङ्गी फूलले सजिएको छ । प्रदर्शनीकक्षमा पुग्नेहरु फूल हेरेर मग्न देखिन्छन् । कोही फूलअघि ‘सेल्फी’ लिइरहेका छन् । कोही आफूलाई मनपर्ने फूललाई तस्बिर र श्रव्यदृश्यमा कैद गरिरहेका छन् । तारादेवीद्वारा स्वरबद्ध गीत ‘फूलैफूलको मौसम तिमीलाई…’ को झझल्को दिलाउनेगरी रङ्गशाला परिसर यतिबेला फूलमय बनेको छ ।

फ्लोरिकल्चर एसोसिएसन नेपाल, कास्कीद्वारा आयोजित ‘नवौँ गोदावरी पुष्प प्रदर्शनी तथा तेस्रो सयपत्री पुष्प मेला’मा फूल अवलोकनमात्र नभएर किनमेलका लागि सर्वसाधारणको भीड बढ्दो छ । बुधबारदेखि सुरु भएको प्रदर्शनीले फूल उत्पादक किसान, व्यवसायी र उपभोक्तालाई एकैथलोमा ल्याएको हो । सयपत्री, गोदावरीलगायत थरिथरिका फूल बिक्री तथा प्रदर्शनीमा राखिएको छ ।

तिहारका बेला फूलको माग र बिक्री बढी हुने भएकाले प्रदर्शनी आयोजना गरिएको हो । पोखराका फूल उत्पादक काशीराम गुरुङले दुई दिनमै सोचेभन्दा राम्रो फूलको किनमेल भएको बताउनुभयो । “यहाँ आउने कोही पनि रित्तो फर्केर जाँदैन, दिनैभर मानिसहरु आउनेजाने भइरहेको छ”, उहाँले भन्नुभयो, “फूल उत्पादक किसान, व्यापारी हामी सबै खुसी छौँ ।”

तिहारका लागि चाहिने सयपत्री र गोदावरी फूलको बिक्री बढी भइरहेको गुरुङले बताउनुभयो । प्रदर्शनी अवलोकनका लागि आउनुभएकी पोखरा महानगरपालिका–१० अमरसिँहचोककी शान्ता थापाले प्रदर्शनीमा आफूलाई मनपर्ने फूल रोजीरोजी किन्न पाइने बताउनुभयो । “प्रदर्शनीमा आउँदा फूल छनोट गर्न पाइन्छ, यहाँको वातावरणले पनि किनूँकिनूँ लाग्ने बनाउँछ”, उहाँले भन्नुभयो, “म फूलमा सौखिन पनि छु, प्रदर्शनीमा आएर रु सात हजार ५०० बराबरको विभिन्न फूल किनेँ ।”

फूलको किनमेलमा धेरै मोलमोलाइ पनि नहुने थापाले सुनाउनुभयो । उहाँले प्रदर्शनीको आयोजनाले फूल उत्पादक किसान र व्यवसायीलाई प्रोत्साहित गरेको बताउनुभयो । पोखरा–१२ मा रहेको गार्डेन नर्सरीका सञ्चालक रुपा श्रेष्ठले प्रदर्शनी अवलोकनमा आउनेको सङ्ख्या उत्साहजनक रहेको बताउनुभयो । आफूले ११ प्रकारका गोदावरी फूल बिक्री तथा प्रदर्शनीमा राखेको उहाँले बताउनुभयो ।

“रुचि र चासो लिएर धेरैजना प्रदर्शनी अवलोकनका लागि आइरहनुभएको छ, सबै स्टलमा व्यापार भइरहेको छ, चहलपहल अझै बढ्दै जान्छ”, श्रेष्ठले भन्नुभयो । स्थानीय फूल उत्पादक किसानलाई बजार उपलब्ध गराउने र उपभोक्तालाई सहज रूपमा फूल तथा फूलका बिरुवा खरिद गर्ने वातावरण सृजनाका लागि प्रदर्शनी आयोजना गरिएको एसोसिएसनका अध्यक्ष रामप्रसाद सुवेदीले बताउनुभयो । एसोसिएसनमा आबद्ध ४२ वटा नर्सरी तथा पुष्प व्यवसायीले फूल उत्पादन र बिक्रीवितरण गर्दै आएको उहाँको भनाइ छ ।

पुष्प व्यवसायलाई प्रतिस्पर्धी र दिगो बनाउन गुणस्तरीय उत्पादन तथा स्वच्छ बजार प्रवर्द्धन गर्नुपर्नेमा उहाँको जोड छ । प्रदर्शनीले पुष्प व्यवसायको प्रवर्द्धन, स्थानीय उत्पादनको बजारीकरण, कृषकलाई प्रोत्साहन तथा फूलप्रति आमनागरिकको आकर्षण बढाउने अपेक्षा गरिएको छ । पोखरा महानगरपालिकाका अनुसार पोखरामा करिब २०० रोपनीमा सयपत्री फूलको व्यावसायिक खेती हुँदै आएको छ । पोखरामा वार्षिक झन्डै रु तीन करोडबराबरको फूलको कारोबार हुने अनुमान छ ।

पुष्प प्रदर्शनीमा फूलका २२, कृषि सामग्रका तीन र सूचनामूलक एक गरी २६ प्रदर्शनीकक्ष रहेका छन् । पुष्प व्यवसायको विस्तार तथा बजार प्रवर्द्धन गर्ने उद्देश्यले विगत केही वर्षदेखि पोखरामा पुष्प प्रदर्शनीको आयोजना हुँदै आएको छ । यही कात्तिक २३ गतेसम्म सञ्चालन हुने प्रदर्शनीको ३५ हजार बढीले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएका छन् ।

गोदावरी फूललाई केन्द्रित गरेर प्रदर्शनी राखिएको भए पनि सयपत्रीलगायत अन्य विभिन्न प्रजातिका फूल तथा बिरुवा बिक्रीवितरणका लागि राखिएको एसोसिएसनका अध्यक्ष सुवेदीले बताउनुभयो । प्रदर्शनीबाट पुष्प व्यवसाय गर्न चाहने किसान तथा फूलप्रति अभिरुचि राख्ने ग्राहकले प्रत्यक्ष लाभ लिइरहेको उहाँको भनाइ छ ।

पुष्प प्रदर्शनीको प्रवर्द्धकका रुपमा पोखरा महानगरपालिका र सहयोगीका रुपमा महानगरको आर्थिक विकास महाशाखा, कृषि शाखा, व्यवसाय प्रवर्द्धन केन्द्र, गण्डकी प्रदेश सरकारको कृषि मन्त्रालय, जिल्ला कृषि विकास कार्यालय र पोखरा उद्योग वाणिज्य सङ्घ रहेको छ । पुष्प व्यवसायीका अनुसार पछिल्लो समयमा पोखरामा फूल खेतीप्रति आकषर्ण बढ्दो छ ।

नर्सरीबाट बिरुवा लगेर गाउँगाउँमा फूल उत्पादन गर्ने किसान उत्तिकै छन् । उन्नत बीउबिजन, अनुदान र आधुनिक खेती प्रविधिले पुष्प व्यवसायमा किसानको आकर्षण बढ्दै गएको जनाइएको छ । पोखरासहित कास्कीका अन्य स्थानीय तहले पनि फूलखेती गर्ने किसानलाई अनुदान र प्रविधि सहयोग गर्दै आएका छन् ।

अघिल्लो समाचार

कृषि कर्जा काठमाडौंमै किन ?

अर्को समाचार

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

मेटाखबर संवाददाता

मेटाखबर संवाददाता

सम्बन्धित खबर

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री
आर्थिक

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

२० कात्तिक २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की
अन्तर्राष्ट्रिय

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

२० कात्तिक २०८३,
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली
आवाज

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

२० कात्तिक २०८३,
सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने
जीवन शैली

पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

२० कात्तिक २०८३,
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड
आर्थिक

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

२० कात्तिक २०८३,
कृषि कर्जा काठमाडौंमै किन ?
फिचर-ब्यानर

कृषि कर्जा काठमाडौंमै किन ?

२० कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

परदेशबाट फर्किएर आफ्नै गाउँमा फुलाए सयपत्री

२० कात्तिक २०८३,
ग्रिनल्याण्डका विषयमा असहयोग गर्ने देशहरूमाथि थप भन्सार शुल्क लगाउने ट्रम्पको धम्की

इरानमाथि आक्रमणबारे ट्रम्पको छलफल

२० कात्तिक २०८३,
एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

एमाले नेतालाई आश्रय दिने पोखरेलप्रति श्रद्धाञ्जली

२० कात्तिक २०८३,
सरकारलाई स्वतन्त्र रूपमा काम गर्न दिन्छौँ, पार्टीसँग कुनै टकराव छैन : रवि लामिछाने

पार्टी र सरकारबीच समन्वयको अभाव छैनः सभापति लामिछाने

२० कात्तिक २०८३,
प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ–पार्वतीकुण्ड

२० कात्तिक २०८३,
फूलैफूलको मौसम तिमीलाई…

फूलैफूलको मौसम तिमीलाई…

२० कात्तिक २०८३,

सिफारिस

  • तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    तीन करोड २१ लाख खर्चेर बागलुङ–बेनी सडक मर्मत

    0 shares
    Share 0 Tweet 0
  • विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • सपनामा कुकुर देख्नाले के सङ्केत गर्छ ?

    0 shares
    Share 0 Tweet 0
  • मंगलबार कुन देवी-देवताको पूजा गर्ने ?

    0 shares
    Share 0 Tweet 0
  • राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन