पोखरा, १ फागुन । एक महिना अघि पोखराको सेती खोँचमा भएको यति एअरलाइन्सको जहाज दुर्घटनामा परी दिवंगत पोखरा–२१, दोविल्ला निवासी २४ वर्षीया सवीना रायमाझीको अन्त्येष्टि गरिएको छ ।
पोखरा–२१ स्थित सेती नदीको दोबिल्ला घाटमा सोमबार बिहान सवीनाको अन्त्येष्टि गरिएको उनका पारिवारिका सदस्यले जनाएका छन् । जहाज दुर्घटनामा पर्नुभएकी सवीनाको शव पहिचान हुन नसकेपछि माघ ३ गते डिएनए परीक्षणका लागि काठमांडौं लगिएको थियो ।
डिएनएको रिपोर्ट माघ २९ गते आइतवार मात्रै प्राप्त भएपछि सोमबार सवीनाको परिवारले शव बुझे लगत्तै अन्तेष्टि गरेका हुन् । काठमाण्डौबाट पोखरा फर्कने क्रममा सवीनाको यति एअरलाइन्सको विमान दुर्घटनामा परि मृत्यु भएको हो ।
माघ १ गते आइतबार बिहान १०.३० बजे काठमाडौंबाट पोखराका लागि उडेको यति एयरको बिमान पोखराको सेती खोँचमा दुर्घटनाग्रस्त भएको थियो । उक्त विमानमा चालक दलका चार जना सदस्यसहित ७२ जना यात्रु सवार थिए ।