काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री शेरबहादुर देउवालाई धन्यवाद दिएका छन् । आफ्नो जन्मदिनको अवसरमा शुभकामना दिएकोमा देउवालाई मोदीले धन्यवाद दिएका हुन् ।
शनिबार देउवाले ट्विटरमार्फत् मोदीलाई जन्मदिनको शुभकामना दिँदै उनको सुस्वास्थ्य र सफलताको कामना गरेका थिए ।
मोदीले आज ७१औं जन्मदिन मनाएका छन्। उनको जन्मदिनको अवसरमा भारतभर विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो । मोदीको जन्मदिन उनको दल भारतीय जनता पार्टीले २० दिनसम्म मनाउने भएको छ।
मोदीको जन्मदिनका अवसरमा भाजपाले देशभरि विभिन्न कार्यक्रम आयोजना गरेको थिए ।मोदी सन् २०१४ मा भारतका प्रधानमन्त्री बनेका थिए।