नेपाल राष्ट्र बैंकले मंगलबारका लागि सार्वजनिक गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनार र बहराइन दिनारसहितका अधिकांश विदेशी मुद्राको मूल्य बढेको छ।
आज अमेरिकी डलरको खरिद दर १५२ रुपैयाँ र बिक्री दर १५२ रुपैयाँ ६० पैसा कायम भएको छ। सोमबार डलरको खरिद दर १५१ रुपैयाँ ६१ पैसा र बिक्री दर १५२ रुपैयाँ २१ पैसा थियो। अमेरिकी डलरको हालसम्मको उच्च विनिमय दर गत जेठ ७ गते १५५ रुपैयाँ २२ पैसा पुगेको थियो।
त्यस्तै, युरोको खरिद दर १७० रुपैयाँ ३२ पैसा र बिक्री दर १७० रुपैयाँ ९९ पैसा तोकिएको छ। अघिल्लो दिन युरोको खरिद दर १६९ रुपैयाँ ८५ पैसा र बिक्री दर १७० रुपैयाँ ५२ पैसा थियो। पाउन्ड स्ट्रलिङको खरिद दर २०२ रुपैयाँ ८५ पैसा र बिक्री दर २०३ रुपैयाँ ६५ पैसा कायम भएको छ।
अस्ट्रेलियन डलरको खरिद दर १०६ रुपैयाँ ९८ पैसा र बिक्री दर १०७ रुपैयाँ ४० पैसा निर्धारण गरिएको छ। यसअघि सोमबार यसको खरिद दर १०६ रुपैयाँ ६७ पैसा र बिक्री दर १०७ रुपैयाँ ०९ पैसा थियो।
कुवेती दिनारको खरिद दर ४९३ रुपैयाँ ५१ पैसा र बिक्री दर ४९५ रुपैयाँ ४५ पैसा छ भने बहराइन दिनारको खरिद दर ४०२ रुपैयाँ ९७ पैसा र बिक्री दर ४०४ रुपैयाँ ५६ पैसा पुगेको छ। भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ र बिक्री दर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।




















