महाकवि कालिदासका केही अमर वाणीहरु:
१. असल व्यक्ति अरुका सन्तापले सन्तप्त हुन्छन् । यही नै तिनका लागि परमात्माको सर्वाेच्च आराधना हो ।
२. अज्ञानबाट क्रोध उत्पन्न हुन्छ र अहङ्कारबाट बढ्दछ ।
३. धर्म, यश, अर्थ, काम र सम्पत्ति आफन्तबीच पाँच भागमा बाँड्ने व्यक्ति यस लोक र परलोकमा प्रशंसत हुन्छ ।
४. पृथ्वीले भनिन्— असत्यभन्दा ठूलो अर्काे अधर्म छैन । सबै कुरा सहन सक्छु तर मिथ्याको भार सक्दिनँ ।
५. सज्जनको सहनशक्तिभन्दा पर केही हुँदैन । विद्वान्लाई कुनै वस्तुको आवश्यकता पर्दैन । नीच व्यक्तिलाई गर्न नहुने कामको विचार हुँदैन । आफूलाई वशमा राख्न सक्नेका लागि कुनै वस्तु अपरित्याज्य हुँदैन ।
६. प्राणी एक्लै जन्मन्छ र मर्छ । एक्लै पुण्य र पापको फल भोग्दछ ।
७. जो व्यक्ति स्वयम् समर्थ भएर पनि आफ्नो अनित्य शरीरद्वारा यस्तो यश कमाउँदैन, जो सज्जनका निम्ति पनि प्रशंसनीय छ, व्यक्ति निन्दनीय र सोचनीय हो ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













