• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक

    गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

    क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी

    रौतहटमा बाघ गणना जारी

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

    डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर

    अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    एमालेले टुंग्यायो वरीयता, को कतिमा?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

metakhabar by metakhabar
५ चैत्र २०८२,
0
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कञ्चनपुर, ५ चैतः यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ ।

बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित भएका हुन् ।

स्थानीय साइमले धामीले आफूलगायत यहाँका धेरैजसो परिवारले बाख्रापालनबाटै जीविको चलाइरहेको बताउनुभयो । उहाँले हाल ४० वटा बाख्रा पाल्दै आउनुभएको छ । धामीका अनुसार उहाँले वर्षमा छ देखि १० वटासम्म खसी बिक्री गर्दै आउनुभएको छ । “खसी बेचेर आएको पैसाले घरको नुन, तेल, लत्ताकपडा र अन्नपानीको जोहो मिलाउने गर्छौं”, उहाँले भन्नुभयो ।

यहाँ जिउँदो खसी प्रतिकिलो करिब रु ५०० का दरले बिक्री हुने गरेको छ । धारापानी बस्ती खोला नजिकै रहेकाले अधिक बलौटे र ढुङ्गे माटोका कारण उब्जनी राम्रो हुँदैन । त्यसमाथि बाँदरले अन्नबाली सखाप पार्ने समस्या पनि छ ।

“अन्नबाली लगाउँदा बाँदरले नोक्सान गरिदिन्छन्, त्यसैले हाम्रो लागि बाख्रापालन नै एक मात्र भरपर्दो आम्दानीको स्रोत बनेको छ”, धामीले थप्नुभयो,“बाख्रापालनबाट वार्षिक रु ५० हजारदेखि रु एक लाखसम्म आम्दानी हुने गरे पनि त्यो रकमले घरधन्दा चलाउन मात्र ठिक्क हुने गरेको छ ।”

यहाँ वन क्षेत्र प्रशस्त भएकाले बाख्रा चराउन समस्या छैन । स्थानीय बालाराम गौतमले २४ वटा बाख्रा पालिरहेको बताउनुभयो । बाख्रापालन आम्दानीको मुख्य स्रोत भए पनि त्यसको व्यवसायीकरणमा भने समस्या रहेको बताउनुभयो । “यहाँ बाख्रा बिरामी भए उपचार पाइँदैन, कतिपय अवस्थामा उपचार नपाएर खोर नै रित्तो हुने गरेको छ”, उहाँले गुनासो गर्नुभयो,“परम्परागत तरिकाले गोठमा राखेर बाख्रापालन गर्दै आएका छौँ । उन्नत जातका बाख्रापालन गरे उत्पादन र आम्दानी दुवै बढ्ने सुनिए पनि हामीले त्यसअनुसार गर्न सकेका छैनौँ ।”

उहाँका अनुसार आवश्यक ज्ञान, सीप र लगानी भए बाख्रापालनलाई गुजारामुखीभन्दा पनि बलियो आम्दानीको स्रोत बनाउन सकिने गौतमको बुझाइ छ । “हामीसँग खरी जातका बाख्रा छन्, तौल कम हुने भएकाले मूल्य पनि कम पाइन्छ” उहाँले भन्नुभयो,“दुई दशकभन्दा बढी समयदेखि बाख्रापालन गर्दै आए पनि आधुनिक प्रविधि र तालिमको अभावले अपेक्षित प्रगति गर्न सकिएको छैन । सरकारबाट तालिम र अनुदानको व्यवस्था भए हामीलाई धेरै सहज हुन्थ्यो ।”

बस्तीका अन्य किसानहरू पनि उस्तै समस्याबाट जुझिरहेका छन् । साइमले र बालारामजस्तै सुरेन्द्र महराले ४०, मूल्याल साहुले ३५ र मोहन महराले १७ वटा बाख्रापालन गर्दै आएका छन् । उहाँ सबैको जीविका यसै व्यवसायमा निर्भर छ ।

पछिल्लो समय चितुवाको आक्रमणले किसानहरू थप समस्यामा परेका छन् । सुरेन्द्र महराका अनुसार दैनिकजसो चितुवाले बाख्रा मार्ने गरेको छ । वनमा चराउन पठाएका बाख्रामध्ये दिनमै दुईदेखि चार वटासम्म चितुवाले मारेर खाने गरेको उहाँले दुःखेसो पोख्नुभयो । “चितुवाले बाख्रा नखाएको दिन नै हुँदैन । रातदिन भोक–निन्द्रा नभनी बाख्राको स्याहारसुसारमा लागेका छौँ, तर चितुवाले यसरी नोक्सान गर्दा निकै पीडा भएको छ । यस समस्याका कारण बाख्रापालन व्यवसाय विस्तार गर्नसमेत कठिन भएको छ”, महराले भन्नुभयो ।

स्थानीय मोहन महराका अनुसार वन क्षेत्र नजिकै भएकाले चितुवाको जोखिम उच्च रहेको छ । बाख्रा चराउन पठाउँदा सुरक्षा व्यवस्था नहुँदा किसान सधैँ त्रासमा बस्न बाध्य छन् । “पशु स्वास्थ्य सेवा, तालिम, उन्नत जातका बाख्रा, गोठ सुधार र बिमा जस्ता सुविधाको अभावले पछाडि परेका छौँ”, उहाँले भन्नुभयो, “सरकारी तथा गैरसरकारी निकायबाट आवश्यक सहयोग प्राप्त भए बाख्रापालन व्यवसायलाई व्यवस्थित र लाभदायक बनाउन सकिन्छ ।”

धारापानी बस्तीका बासिन्दाले बाख्रापालनलाई दिगो र सुरक्षित बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । पशु उपचार सेवा विस्तार, तालिमको व्यवस्था, अनुदान कार्यक्रम र वन्यजन्तु नियन्त्रणका उपाय तत्काल लागू गर्न यस क्षेत्रका बासिन्दाले माग गरेका छन् ।

Previous Post

पौवादुङमा हावाहुरी पीडितलाई प्रतिपरिवार रु २० हजार राहत उपलब्ध गराइने

Next Post

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

metakhabar

metakhabar

सम्बन्धित खबर

डेढ महिनादेखि बस्न सकेन गण्डकी प्रदेशसभा बैठक
आर्थिक

गण्डकी प्रदेशसभाको बजेट अधिवेशन आजदेखि

११ जेष्ठ २०८३,
क्यामेरा जडान गरेर मान्छे मार्ने बाघको खोजी
आवाज

रौतहटमा बाघ गणना जारी

११ जेष्ठ २०८३,
हावाहुरीले बिजुली आपूर्तिमा अवरोध
फिचर-ब्यानर

हावाहुरीले बिजुली आपूर्तिमा अवरोध

११ जेष्ठ २०८३,
डलर साट्दै हुनुहुन्छ ? यस्ताे छ आजको विदेशी मुद्राको विनिमय दर
आर्थिक

अस्ट्रेलियन डलर, युरो, पाउन्ड र बहराइन दिनारको भाउ बढ्यो

११ जेष्ठ २०८३,
एमालेले टुंग्यायो वरीयता, को कतिमा?
फिचर-ब्यानर

एमालेले टुंग्यायो वरीयता, को कतिमा?

११ जेष्ठ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

आज २०८३ साल जेठ ११ गते सोमबारको राशिफल

११ जेष्ठ २०८३,
Load More
Next Post
सुनको मूल्य घट्यो

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In