• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

    मकैबारीमा मृत गैँडा भेटियो

    मकैबारीमा मृत गैँडा भेटियो

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

रक्षामन्त्री भन्छन् : सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य

by
२९ माघ २०७९,
0
रक्षामन्त्री भन्छन् : सेनाको पेशागत दक्षता तथा कार्यकुशलता प्रशंसायोग्य
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । रक्षामन्त्री हरिप्रसाद उप्रेतीले नेपाली सेनाले राष्ट्रिय सुरक्षासम्बन्धी प्राथमिक जिम्मेवारी र अन्य विविध दायित्व प्रभावकारी तथा अनुकरणीय रुपमा सम्पादन गर्दै आईरहेको बताएका छन् । उनले नेपाली सेनाको पेशागत दक्षता तथा कार्यकुशलताको प्रशंसा गरे ।

सैनिक जङ्गी अड्डामा आज आयोजित पृतनापति समन्वयात्मक बैठक, २०७९ को शुभारम्भका अवसरमा शुभकामना व्यक्त गर्दै उनले सेनाले कोभिड–१९ महामारीलगायत विभिन्न विपद्को दौरान अग्रपङ्क्तिमा खटिइ व्यक्तिगत जोखिमको प्रवाह नगरी निर्वाह गरेको भूमिकाको प्रशंसा गरेका हुन् ।

रक्षामन्त्री उप्रेतीले बाह्य र आन्तरिक दुवै सुरक्षा खतरालाई सुक्ष्म विश्लेषण र मूल्याङ्कन गरी न्यूनीकरणका लागि नेपाली सेना तयारी अवस्थामा रहनुपर्ने धारणा व्यक्त गरे । निर्दिष्ट संवैधानिक दायित्व सम्पादन गर्न तथा राष्ट्रिय हितलाई सम्वद्र्धन गर्न सेनालाई समय सापेक्ष आधुनिकीकरण गर्दै लैजानुपर्ने उनले उल्लेख गरे ।

त्यसका लागि नेपाली सेनाको दीर्घकालीन सोच–२०८७, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८, नेपाली सेनाको साङ्गठनिक पुनःसंरचना–२०७८ (परिमार्जित), राष्ट्रिय सुरक्षा नीति र प्रतिरक्षा नीतिको कार्यान्वयन योजनालगायत अन्य मार्गनिर्देशक दस्तावेज बमोजिम राष्ट्रिय सुरक्षा सुनिश्चित गर्न रक्षा मन्त्रालयले समन्वय गर्ने मन्त्री उप्रेतीको प्रतिबद्धता थियो । उनले सेनाको व्यवस्थापनमा रहेको राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस द्रुतमार्ग सडक आयोजनालगायत विभिन्न करिडोरको निर्माण कार्य समयमा नै सम्पन्न गर्न रक्षा मन्त्रालयको पूर्ण साथ र सहयोग रहने समेत बताएका छन् ।

कार्यक्रममा प्रधान सेनापति प्रभुराम शर्माले राष्ट्रिय स्वतन्त्रता, भौगोलिक अखण्डता, सार्वभौमसत्ता एवं राष्ट्रिय एकता कायम गर्नु नेपाली सेनाको प्रमुख जिम्मेवारी भएको बताए । उनले जलवायु परिवर्तन, वन्यजन्तु तथा पर्यावरण सुरक्षा, प्राकृतिक प्रकोप, महामारीलगायत आर्थिक, सामाजिक, कूटनैतिक, वातावरणीय, खाद्य, ऊर्जा, साइबर सुरक्षा एवं अन्य मानव श्रृजित अपरम्परागत सुरक्षा चुनौती सम्बोधन गर्न सक्ने गरी सेना तयारी अवस्थामा रहन आन्तरिक एवं विदेशी सेनासँग सहकार्य गरी विभिन्न तालिमहरू सञ्चालन भईरहेको उल्लेख गरेका छन् ।

प्रधान सेनापति शर्माले विपद् प्रतिकार्यका लागि आवश्यक दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ स्थापना भएको राष्ट्रिय विपद् व्यवस्थापन शिक्षालयलाई स्रोत सम्पन्न बनाउनुपर्ने आवश्यकता औँल्याए । उनले सुदृढ सुरक्षा व्यवस्था नै राष्ट्र विकास एवं दीगो राष्ट्रिय सुरक्षाको आधारशिला रहेको उल्लेख गर्दै राष्ट्रिय सुरक्षाका बहुआयामिक पक्षलाई सम्बोधन, समाधान तथा न्यूनीकरण गर्न सेनाको समयसापेक्ष आधुनिकिकरण अपरिहार्य रहेको बताएका छन् ।

आठवटै पृतनाका पृतनापतिलगायत विभिन्न विभाग, महानिर्देशनालय तथा निर्देशनालयका प्रमुख तथा सम्बन्धित बाहिनीपतिको उपस्थिति रहेको उक्त दुई दिने समन्वयात्मक बैठकको दौरान सहभागीले आआफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समीक्षा एवं सुझाव प्रस्तुत गर्ने छन् । समुद्घाटन कार्यक्रममा रक्षा सचिव किरणराज शर्मालगायत रक्षा मन्त्रालयका अधिकारी उपस्थित भएका थिए ।

Previous Post

अभिनयमा पुनरागमन गर्दै अभिनेता राजबल्लभ

Next Post

रक्षामन्त्री उप्रेती भारत भ्रमणमा

सम्बन्धित खबर

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान
आर्थिक

संस्कृति मन्त्रालयमातहत निकायमा पदपूर्तिका लागि रोष्टर सूचीमा नाम दर्ता गर्न आह्वान

१ जेष्ठ २०८३,
दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था
आवाज

दुई दिन बिदा दिने निर्णयपछि पठनपाठन सञ्चालनका लागि नयाँ व्यवस्था

१ जेष्ठ २०८३,
सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट
आवाज

सभामुखसँग नेपालका लागि जापानी राजदूतको भेट

१ जेष्ठ २०८३,
राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता
आवाज

राष्ट्रपतिसँग संयुक्त राष्ट्रसङ्घका आवासीय संयोजकको भेटवार्ता

१ जेष्ठ २०८३,
मकैबारीमा मृत गैँडा भेटियो
आर्थिक

मकैबारीमा मृत गैँडा भेटियो

१ जेष्ठ २०८३,
गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज
आर्थिक

गुलमोहर र बेगमबेलीले सजिँदै नेपालगञ्ज

१ जेष्ठ २०८३,
Load More
Next Post
रक्षामन्त्री उप्रेती भारत भ्रमणमा

रक्षामन्त्री उप्रेती भारत भ्रमणमा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In