• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

    प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

    सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

    सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल

    भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

    कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो

    पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
९ अशोज २०८३,
0
सर्पदंशका बिरामीलाई ‘सञ्जीवनी’ बन्दै भेरी अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

राँझा (बाँके), ९ असोजः कैलालीको लम्कीचुहा नगरपालिका–१ गुरुवागाउँ निवासी ७२ वर्षीय जयबहादुर थापालाई गत भदौ २४ गते राति विस्तारामा सुतिरहेकै बेला सर्पले डस्यो । थापालाई सर्पले डसेको थाहा पाउनेबित्तिकै रातारात नेपालगन्जस्थित भेरी अस्पतालमा भर्ना गरियो ।

झुल लगाएर सुत्नुभएका थापालाई झुल बाहिरबाटै सर्पले टाउकोमा डसेको थियो । समयमै अस्पताल पुर्याएपछि उहाँको उपचारमा सहज भयो । एन्टी स्नेक भेनम चढाएपछि अहिले उहाँको स्वास्थ्य अवस्थामा सुधार आएको छोरा राजबहादुर थापाले बताउनुभयो ।

“गाउँमै धामीझाँक्री वा स्थानीय स्वास्थ्यचौकीमा अलमल गरेको भए ठूलो दुर्घटना हुनसक्थ्यो”, राजबहादुरले भन्नुभयो, “स्वास्थ्यचौकीमा लगे पनि नेपालगन्ज रेफर गर्छन् भन्ने थाहा भएकाले हामी सिधैँ भेरी अस्पताल आयौँ । सही समयमा अस्पताल ल्याएकाले बुबाले नयाँ जीवन पाउनुभयो ।”

जयबहादुर थापाको यो घटना एउटा प्रतिनिधि उदाहरणमात्र हो । गर्मी र वर्षाको मौसममा तराई तथा पहाडी भेगमा सर्पदंशका घटना अत्यधिक बढ्ने गरेका छन् । पछिल्लो समय भेरी अस्पतालमा सुविधासम्पन्न पूर्वाधार, अनुभवी चिकित्सक र चुस्त व्यवस्थापनका कारण सर्पदंशका बिरामीका लागि ‘मृत्युको मुखबाट फर्काउने’ आशाको किरण छरिरहेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा नवीन दर्नालका अनुसार अन्तिम अवस्थामा पुगेर पनि भेरी अस्पताल आइपुगेका दर्जनौँ बिरामी नयाँ जीवन पाएर घर फर्किएका छन् । आर्थिक वर्ष २०८२/८३ मा भेरी अस्पतालमा विभिन्न जिल्लाबाट आएका ९१ जना सर्पदंशका बिरामीमध्ये ८५ जना निको भएर घर फर्किएका थिए भने छ जनाको मात्र मृत्यु भएको थियो ।

चालु आवको दुई महिनामा अस्पतालमा भर्ना भएका ४९ जना बिरामीमध्ये ४६ जना सफल उपचारपछि निको भएका छन् भने तीन जनाको मात्र मृत्यु भएको छ । तथ्याङ्कअनुसार अस्पताल आइपुग्ने ९२ प्रतिशतभन्दा बढी बिरामीको ज्यान जोगाउन भेरी अस्पतालका चिकित्सक सफल भएका छन् ।

गर्मीयाममा सर्पदंशका बिरामीको सङ्ख्या ह्वात्तै बढे पनि अस्पतालका तालिमप्राप्त र कुशल चिकित्सकको टोलीका कारण धेरैको ज्यान जोगाउन सम्भव भएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा दर्नालले बताउनुभयो ।

“भेरी अस्पताल यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाबाट प्रेषण (रेफर) भएर आउने सर्पदंशका बिरामीको मुख्य उपचार थलो बनेको छ”, डा दर्नालले भन्नुभयो, “हामीकहाँ आउने सर्पदंशका बिरामीलाई सहज र द्रुत रूपमा सेवा प्रवाह गर्ने व्यवस्था मिलाएका छौँ ।”

सर्पदंशबाट हुने अधिकांश मृत्युको मुख्य कारण अस्पताल ल्याउन गरिने ढिलाइ नै हो । भेरी अस्पतालमा सर्प तथा जनावरजन्य टोकाइका बिरामीबारे अध्ययन गरिरहनुभएका डा बद्री चापागाईँले बिरामीलाई अस्पताल ल्याउन हुने ढिलाइ नै ज्यान जानुको प्रमुख जोखिम रहेको बताउनुभयो ।

“सर्पले टोकेपछि मानिस सुरुमा गाउँघरमै अलमलिने, धामीझाँक्रीकहाँ जाने वा घरेलु उपचारमा समय खेर फाल्ने गर्छन्”, डा चापागाईँले भन्नुभयो, “विषालु सर्पले टोकेको खण्डमा विष शरीरभरि फैलिएर बिरामी गम्भीर भइसकेपछि मात्र अस्पताल ल्याइन्छ, जसले गर्दा बचाउन गाह्रो हुन्छ ।”

सर्पले टोक्नेबित्तिकै नआत्तिइकन सिधै उपचार केन्द्र पुर्याउन सकियो भने बिरामीको ज्यान शतप्रतिशत जोगिन सक्ने उहाँको भनाइ छ । सर्पले टोकेमा गाउँटोलका धामी, झाँक्री, गुरुवा वा अन्य परम्परागत अन्धविश्वासमा नअल्झिई बिरामीलाई जतिसक्दो चाँडो सर्पदंश उपचार केन्द्र वा सुविधासम्पन्न अस्पतालमा पुरयाउनुपर्ने डा चापागाईँको सुझाव छ ।

Previous Post

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

Next Post

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

९ अशोज २०८३,
भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह
आर्थिक

भारी वर्षाको जोखिमः किसानलाई सतर्कता अपनाउन विभागको आग्रह

९ अशोज २०८३,
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव

९ अशोज २०८३,
सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित
अन्तर्राष्ट्रिय

सगरमाथाबाट तीन वर्षअघि गुटेरेसले दिएको चेतावनी, विश्वमञ्चमा पुनः प्रतिध्वनित

९ अशोज २०८३,
कृष्णभीरमा खोलिएको ट्र्याकमा ग्राभेल गर्न थालियो
आवाज

पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक बन्द

९ अशोज २०८३,
अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान
समाचार

अलैँची टिप्न र सुकाउन व्यस्त छन् भोजपुरका किसान

९ अशोज २०८३,
Load More
Next Post
प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

प्रधानमन्त्री शाह र राष्ट्रसङ्घका महासचिव गुटेरेसबीच भेटवार्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In