• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, May 26, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

११ महिनामा ४६ हिंसापीडितले पाए उपचार सेवा

by
२९ माघ २०७९,
0
११ महिनामा ४६ हिंसापीडितले पाए उपचार सेवा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

कैलाली । कैलालीको टीकापुर अस्पतालबाट ११ महिनामा ४६ हिंसापीडितले उपचार सेवा लिएका छन् । लैङ्गिक हिंसालाई प्रभावकारी र दक्षतापूर्वक सम्बोधन गर्नका लागि सरकारले अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र अर्थात् ओसिएमसी कार्यक्रम सञ्चालन गरेको छ । अस्पतालमा गत वर्ष १९ र चालु वर्षको अहिलेसम्म २७ महिलाले उपचार सेवा लिएका छन् ।

अस्पतालमा उपचारमा आउनेमा बालिकादेखि ज्येष्ठ नागरिक महिलासम्म छन् । अस्पतालमा हिंसामा परेर उपचारमा आउनेमा बलात्कार तथा यौनजन्य हिंसा र कुटपिटका घटनामा परेका बढी आउने गरेका टीकापुर अस्पतालका वरिष्ठ नर्सिङ अधिकृत तथा ओसिएमसीका संयोजक कलावती तिमिल्सिनाले जानकारी दिए । ‘नौ वर्षमाथिका बालिका उपचारमा आएका छन् । हिंसामा परेर उपचारमा आउनेमा अधिकांश बलात्कार तथा यौनजन्य हिंसामा परेका छन्’, उनले भनिन्, ‘त्यसबाहेक श्रीमानले पिटेर चोटपटक लागेका बढी आएका छन् । हिंसामा परेका मानसिकरूपमा समेत कमजोर भएका हुन्छन् ।’

विसं २०६९ देखि सुरु भएको सो कार्यक्रम हाल ७७ जिल्लाको ८८ अस्पतालमा विस्तार भइसकेको छ । ओसिएमसी कार्यक्रम लागू भएको १० वर्ष पुगेको छ । अस्पतालमा यो कार्यक्रम सञ्चालन भएपछि हिंसापीडितलाई उपचार र न्याय लिन सहज भएको स्वास्थ्यकर्मी नै बताउँछन् । टीकापुर अस्पतालमा विसं २०७८ फागुनबाट ओसिएमस सञ्चालनमा आएको हो । केन्द्र सञ्चालनमा आएपछि हिंसापीडितलाई छुट्टै राखेर उपचार गर्न सहज भएको छ ।

ओसिएमसीका संयोजक तिमिल्सिना महिला आफ्ना खुट्टामा नउभिएका वा आत्मनिर्भर नभएका कारण हिंसा सहन बाध्य भएको उनी बताउँछिन् । ‘बालिकामाथि यौनजन्य हिंसा हुनुमा समाजमा आपराधिक मानसिकता भएकाहरू छन् भन्ने बुझाउँछ’, उनी भन्छिन्, ‘१९ देखि ४९ वर्ष उमेर समूहका महिला बढी हिंसामा परिरहेको तथ्याङ्कले देखाएकाले महिला आर्थिकरूपमा सक्षम र आत्मनिर्भर नभएकाले हिंसामा परिरहेका छन् भन्ने लाग्छ ।’

ओसिएमसी भनेको अस्पतालमा आधारित लैङ्गिक हिंसासम्बन्धी एकद्वार सङ्कट व्यवस्थापन केन्द्र हो । लैङ्गिक हिंसामा परेका व्यक्ति अस्पताल आएपछि उनीहरूलाई चाहिने सबै सेवा एकद्वार प्रणालीबाट उपलब्ध गराइन्छ । उपचार तथा परामर्शसम्बन्धी अधिकांश सेवा यहाँ छ । यहाँ उपलब्ध नभएका सेवाका लागि भने अन्यत्र अस्पतालमा सिफारिस गर्नुपर्ने हुन्छ । टीकापुर अस्पतालले यहाँ नभएका सेवाका लागि हिंसापीडित महिलालाई धनगढी सेती अञ्चल अस्पताल पठाउने गरेको छ ।

‘अस्पतालले यहाँ उपचार सम्भव नभएकालाई थप उपचारका लागि बाहिर पठाउँदा बिरामी र बिरामीका एकजना आफन्तलाई गाडी भाडा समेत उपलब्ध गराउने गरेको छ’, टीकापुर अस्पताल विकास समितिका अध्यक्ष झपटबहादुर सोडारीले भने, ‘यहाँबाट अन्यन्त्र पठाउँदा पनि सबैसँग समन्वय गरेर पठाइन्छ । जहाँ पीडितले एकै ठाउँबाट सबै सेवा पाउँछ । पीडितको सुरक्षाको ग्यारेण्टी हुन्छ ।’

अस्पतालले स्वास्थ्योपचार, मनोसामाजिक परामर्श, चिकित्सकीय कानुनी सेवा, सुरक्षा, आश्रय, कानुनी उपचार र पुनःस् थापना केन्द्र निःशुल्करूपमा उपलब्ध गराउँदै आएको छ । अस्पतालमा सञ्चालनमा रहेको ओसिएमसीमा हिंसापीडितले सेवा पाउने भएपछि प्रहरीलाई समेत सहज भएको छ । हिंसापीडितलाई उद्धार गरी उपचारमा ल्याउँदा विगतमा पीडित राख्ने ठाउँकै अभाव हुन्थ्यो । अस्पतालमा ओसिएमी भएपछि अनुसन्धानमा समेत सहयोग पुगिरहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक सुरजबहादुर खड्का बताउँछन् ।

‘हामीकहाँ दैनिक हिंसामा परेकाहरू आइरहनुहुन्छ । हिंसामा पर्‍यौँ भनी सेवा लिन आउने अधिकांश महिला बढी हुन्छन्’, प्रहरी निरीक्षक खड्काले भने, ‘गत वर्षबाट अस्पतालमा पीडितको उपचारलगायत अन्य सेवाका लागि ओसिएमसी सञ्चालन भएपछि हामीलाई पनि सहज भएको छ । त्यहीबाट धेरै सुविधा पाइने भएपछि हामीलाई अनुसन्धानमा सहजता हुन्छ ।’

अधिकारकर्मी योजना अधिकारीले ढिलै भए पनि टीकापुर अस्पतालमा पीडितलाई छुट्टै उपचार पाउने व्यवस्था हुँदा राहत भएको बताए । ‘विगतमा हिंसापीडितलाई उपचार, कानुनी परामर्शलगायतका सेवा पाउन कठिन थियो । सबै बिरामीले सेवा लिइरहेकै ठाउँमा उपचार हुन्थ्यो’, उनले भने, ‘हाल छुट्टै, एकान्त र सुरक्षित ठाउँमा ओसिएमसी स्थापना गरिएको छ । त्यहाँ सबै व्यवस्था छ । यसले राहत भएको छ ।’

Previous Post

सरकार र चिकित्सक संघबीच ६ बुँदे सहमति, के छ सहमति पत्रमा ?

Next Post

भूकम्पका कारण ३५ वर्षपछि खुल्यो आर्मेनिया र टर्कीबीचको सीमाना

सम्बन्धित खबर

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला
समाचार

कञ्चनपुरको नक्टाबाबा मन्दिरमा गङ्गादशहरा मेला

१२ जेष्ठ २०८३,
सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद
समाचार

सप्तकोशीको बिच टापुमा लुकाई छिपाई राखेको ४ सय ७५ केजी गाँजा बरामद

१२ जेष्ठ २०८३,
जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण
फिचर-ब्यानर

जापानले सुरु गर्‍यो बीपी राजमार्गको पिप्ले–बर्खेखोला खण्डको स्थायी पुनर्निर्माण

१२ जेष्ठ २०८३,
अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण
फिचर-ब्यानर

अमेरिकाद्वारा इरानका विभिन्न स्थानमा आक्रमण

१२ जेष्ठ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

केही पहाडी भूभागमा वर्षा र तराईमा तातो हावा चल्ने सम्भावना

१२ जेष्ठ २०८३,
प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै
समाचार

प्रधानमन्त्री शाहले आज इयू आवद्ध राजदूत तथा मिसन प्रमुखसँग संयुक्त छलफल गर्दै

१२ जेष्ठ २०८३,
Load More
Next Post
भूकम्पका कारण ३५ वर्षपछि खुल्यो आर्मेनिया र टर्कीबीचको सीमाना

भूकम्पका कारण ३५ वर्षपछि खुल्यो आर्मेनिया र टर्कीबीचको सीमाना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In