एक पटक स्वामी विवेकानन्द काशीमा थिए, त्यहाँ उनको विद्वत्ताको चर्चा धेरै फैलिएको थियो । अनेकौँ मानिसले उनलाई कठिन प्रश्न सोधे, जसको जवाफ उनले यस्तो दिए कि सबैले उनलाई विद्वतालाई फलाम माने ।
एक दिन एक मानिसले उनलाई सोधे, सन्त कबीर दासले दाह्री किन राखेका थिए ? स्वामीले जवाफ दिए, यदि उनले दाह्री नराखेका भए तपाईंहरुले सोध्नु हुनेथियो, उनले दाह्री किन राखेनन् ।
यो जवाफ सुनेर ती व्यक्ति लज्जित भए र चुपचाप त्यहाँबाट हिँडे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट