• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, May 18, 2025
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आहा ! डांगरजोङ (फोटो फिचर)

    आहा ! डांगरजोङ (फोटो फिचर)

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

by
२८ माघ २०७९,
0
तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना
0
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

बागलुङ । धौलागिरि हिमालको काख । बाक्लो बस्ती, प्राकृतिक सुन्दरता । केही भिरालो, केही समथर भू–भाग । बागलुङ सदरमुकामबाट सबैभन्दा टाढा छ, तमान गाउँ ।

तमानखोला गाउँपालिका–३ मा पर्ने यो गाउँ पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको छ । चिटिक्क मिलेर बनेका तमान गाउँका घरले धेरैलाई आकर्षित गरिरहेको छ । वर्षौंदेखि पर्यटक पर्खी रहेको तमान गाउँ विकटमा हुँदा आगन्तुक भित्रयाउन सकेको छैन ।

गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन पूर्वाधार निर्माणमा जोड दिएको छ । गाउँपालिकाले तमान गाउँलाई ‘पर्यटकीय हब’का रुपमा विकास गर्न ‘मिनी’ जलाशययुक्त बहुउद्देश्यीय हाइड्रोपावर निर्माण गर्ने भएको छ । यही गाउँ हुँदै बग्ने तमानखोलालाई थुनेर गाउँपालिकाले हाइड्रोपावर निर्माण गर्न दुई वर्षदेखि अध्ययन गरेको छ ।

गाउँपालिकाको गौरवको यो परियोजना सरकारी तथा निजी क्षेत्रको सहकार्यमा हुने छ । तमानखोला थुनेर हाइड्रोपावर मात्रै बन्ने छैन । यहाँ ‘फिस फार्म’, ‘र्‍याफ्टिङ’ लगायत पर्यटक आकर्षित गर्ने अन्य संरचना बन्ने छन् । गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगर तमान गाउँलाई ‘पर्यटकीय गाउँ’ बनाउन र यहाँका नागरिकको जीवनस्तर उकास्न यो योजना सुरु गर्न लागेको बताउँछन् ।

‘हाइड्रोपावरसँगै यहाँ पर्यटकीय पूर्वाधार निर्माण गरिने छ, यसका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार हुँदैछ, योजनाको निर्माण सुरु भएको तीन वर्षमा सक्ने गरी काम हुने छ, परियोजना सरकार, निजी क्षेत्र र स्थानीय नागरिकको लगानीमा निर्माण हुनेछ’, उनी भन्छन् ।

तमान गाउँ राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग र सालझण्डी–ढोरपाटन सडकसँग नजिक पर्छ । सरकारको रणनीतिक सडकअन्तर्गत प्युठानको स्वर्गद्वारी, बागलुङको ढोरपाटन, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथसँग जोडिने सडकको केन्द्रमा यो गाउँ पर्छ । यो सडकलाई ‘धार्मिक पर्यटक सडक’को नामकरण गरेको र यहाँ धार्मिक पर्यटक बढी भित्र्याउने लक्ष्य लिइएको छ । उनी भन्छन्, ‘यो गाउँ निकै केन्द्रमा पर्छ, अहिले आन्तरिक पर्यटक त आउँछन् तर एक÷दुई दिन राख्न सकिएको छैन, पर्यटक घुम्न बाँध बाँधेर ताल बन्छ, डुङ्गा सञ्चालन हुन्छ, फिस फार्म चल्छ्, वरपर रेष्टुराँ र आकर्षक पर्यटकीय संरचना निर्माण हुनेछ ।’

गाउँपालिकाले पहिलो चरणको अध्ययन सकेर दोस्रो चरण सुरु गरेको छ । अहिले एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सी कोटेश्वरले दोस्रो चरणको अध्ययन गरिरहेको छ । खोला थुनेर जलाशययुक्त हाइड्रोपावर बनाउन रु ४० करोड र पर्यटकीय संरचनासहितको काम गर्न करिब रु ६० करोड लाग्ने एक्जिनियस इन्जिनियरिङ कन्सलटेन्सीका इन्जिनीयर नवीन घर्तीमगरले जानकारी दिए । इन्जिनियर घर्तीमगर भन्छन्, ‘यो ठाउँ बाध बाँधेर हाइड्रो निर्माण गर्नका लागि उपयुक्त देखिएको छ, यहाँको भूगोलको अवस्था, बाध र पर्यटकीय संरचना कहाँ निर्माण गर्नेलगायतका विषयमा अध्ययन गरिरहेका छौँ ।’

यहाँबाट तीन सय ५० किलोवाटको विद्युत् उत्पादन हुने आँकलन गरिएको छ । यसलाई उत्तरगङ्गा हाइड्रोपावरको ‘नमूना हाइड्रो’को रुपमा लिइएको छ । गाउँपालिकाले रु १५ लाख खर्च गरेर पहिलो चरणको अध्ययन गरिरहेको छ । गाउँपालिकाकी उपाध्यक्ष हीराकुमारी छन्त्यालले जलाशययुक्त हाइड्रोपावर निर्माणपछि सिङ्गो तमानखोलाले मुहार फर्ने भन्दै यहाँका नागरिको जीवनस्तर बदलिने बताउँछिन् ।

परम्परागत खेतीपाती र पशुपालनमा हुँदै आएको यहाँ हाइड्रोपावरले रोजगार सिर्जना गर्नुका साथै गाउँलेलाई व्यवसायसँग जोड्ने उपाध्यक्ष छन्त्याल बताउँछिन् । उनी भन्छिन्, ‘भौगोलिक हिसाबले पछि पर्दा यहाँका नागरिक पछाडि परेका छन्, अब विस्तारै सडक पनि राम्रो हुँदैछ, दैनिकीमा केही परिवर्तन आउँदै छ, यो परियोजना सम्पन्नपछि धेरैको जीवनस्तर बदलिने छ ।’

Previous Post

वन्यजन्तु बढेपछि किसान हैरान

Next Post

प्रचण्ड र ओलीबीच चर्काचर्की

सम्बन्धित खबर

आहा ! डांगरजोङ (फोटो फिचर)
फिचर-ब्यानर

आहा ! डांगरजोङ (फोटो फिचर)

४ जेष्ठ २०८२,
खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?
समाचार

खालिपेटमा फलफुल खाने बानी : लाभ कि हानि ?

४ जेष्ठ २०८२,
एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’
फिचर-ब्यानर

एप्पलको घोषणाः अब अमेरिकामा बोकिने आइफोनमा लेखिनेछ- मेड इन इन्डिया’

४ जेष्ठ २०८२,
भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि
फिचर-ब्यानर

भारतले बनायो समुन्द्रको नुनिलो पानीलाई खान मिल्न योग्य बनाउने प्रबिधि

४ जेष्ठ २०८२,
एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति
अन्तर्राष्ट्रिय

एक हजार युद्धबन्दीलाई रिहा गर्ने युक्रेन र रुसबीच सहमति

४ जेष्ठ २०८२,
वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट
आवाज

वनमन्त्री शाहीसँग कतारका विशेष दूतको भेट

४ जेष्ठ २०८२,
Load More
Next Post
सुदूरपश्चिम सरकार ढलेपछि ओलीलाई प्रचण्डको डर

प्रचण्ड र ओलीबीच चर्काचर्की

Leave Comment

सिफारिस

  • गर्भावस्थामा महिलामा हुने परिवर्तन र श्रीमानको भूमिका

    ठगीको नयाँ धन्दाः गर्भवती बनाउनेलाई पाँच लाख रुपैयाँ

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः कोठीको सिँढी चढ्दै

    0 shares
    Share 0 Tweet 0
  • चुट्किलाः एकैछिनमा निको भैहाल्छ

    0 shares
    Share 0 Tweet 0
  • गर्भनिरोधक औषधि प्रयोग गर्नेमा अविवाहित र कम उमेरका युवती बढी

    0 shares
    Share 0 Tweet 0
  • तेजिलो दिमाग बनाउन चाहनेले कहिल्यै छुटाउन नहुने खानेकुरा

    0 shares
    Share 0 Tweet 0
Facebook Twitter Youtube

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

No Result
View All Result
  • आवाज
  • खेलमैदान
  • जीवन शैली
  • सूचना प्रविधि
  • मनोरञ्जन
  • समाचार
  • विविध
  • English

© 2023 Meta Khabar

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In