• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

    पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात

    वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

    मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी

    कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

    बिहीबारदेखि पुनः शेयर कारोबार हुने

    नेप्से परिसूचक आठ अङ्कले घट्यो

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

वन्यजन्तु बढेपछि किसान हैरान

by
२८ माघ २०७९,
0
वन्यजन्तु बढेपछि किसान हैरान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी । “न खेतबारीको बाली भन्न पाइन्छ, न घरको मकैको थाक्रो”, बँदेल, दुम्सी, निलगाई र बाँदर सताएपछि वीरक्तिँदै महोत्तरी बर्दिबास–५ की राधा उपाध्याय भन्छिन्, “यो बालीनाली यिनलाई नै लगाइदिएजस्तै भयो ।” खेतबारीको बालीनाली खाएर नपुगेर बाँदरले घरआँगनका थाक्रामा झुत्याएर राखिएको मकै पनि उधिनेर दिक्क बनाएको ६५ वर्षीया राधाको बिलौना छ ।

खेतबारीमा बाँदर, निलगाई र बँदेलले तथा घरआँगनमा बाँदरले दुःख दिएर बालीनाली नोक्सान पारेका बर्दिबास नगरपालिकाका वन क्षेत्र नजिकका किसान बताउँछन् । दिनदिनैजसो वन्यजन्तुले बालीनाली सखाप पार्न थालेपछि महोत्तरीका किसानको हैरानी बढेको छ ।

वन्यजन्तुले बस्ती÷बस्ती पसेर बालीनाली नोक्सान पारेपछि सर्वसाधारणको हैरानी बढेको हो । वनक्षेत्र नजिकका बस्तीमा निकै दुःख दिने बाँदर भने जिल्लाका तल्लो भेगका बस्तीमा देखिँदैनन् तर नीलगाई र बँदेलचैँ हुलमै पूर्वपश्चिम राजमार्गको वारिपारि वन क्षेत्रबाट सरदर ४० किलोमीटर दूरी छिचोल्दै भारतसँगको सीमा क्षेत्रका बस्तीसम्म पुगेका छन् । बाँदर र दुम्सीले भने वन क्षेत्र नजिकका बस्तीमा सताउने गरेका छन् ।

राधाजस्तै पूर्वपश्चिम राजमार्गबाट करिब पाँच किलोमिटर दक्षिणको बर्दिबास–७ मनहरिपुरकी ७० वर्षीया इन्द्रमायाँ पौडेल पनि वन्यजन्तुले हैरान खेलाएको बताउछिन् । “यता बाँदर त लाग्दैनन्, तर नीलगाई र बँदेलले खेतबारीको बाली नोक्सान पारेर धुरुक्क रुवाए”, पौडेलले भनिन् । खासगरी कोवी, बन्दा, केराउजस्ता तरकारी बाली र अहिले लहलहाउँदै गरेको गहुँ नीलगाई र बँदेलले नोक्सान गर्ने गरेका पौडेलको भनाइ छ ।

आफ्नो बस्तीमा बँदेल र नीलगाईले बाली नोक्सान गरेर सताएको भारतीय सीमावर्ती बस्ती सम्सीका मुनेश्वर यादव बताउछन् । दिनभरि झाडीमा लुकेर बस्ने बँदेलले मध्यरातपछि बालीनाली नोक्सान गर्ने गरेको यादवको भनाइ छ । बँदेलले रातीमात्र बाली नोक्सान गर्छ । तर ठूलै समूहमा देखिने नीलगाईले भने बस्तीबाट अलि टाढाको खेतका बाली दिउँसै पनि खाएर, माडेर नोक्सान गर्ने गरेका भारतसँग जोडिएको सोनमा गाउँपालिका–३ रघुनाथपुरका रामप्रताप यादव बताउछन् । नीलगाईचैँ मानिसबाट छलिने र बस्तीभन्दा टाढाको उखुघारी र अन्य झाडीमा बस्ने गरे पनि बँदेलले भने रातिमा बस्तीभित्रै पसेर घरकरेसाका केराका थामसमेत लडाउने गरेको सम्सी गाउँका इम्तियाज अहमद बताउछन् ।

नीलगाई मानिसको डरले भाग्ने गरे पनि बँदेलचैँ झम्टन आउने गरेपछि खेतबारी डुल्न डर भएको सम्सी गाउँपालिकाको पर्सादेवाड गाउँका बासिन्दा शेष मन्सुरले बताए । बँदेलले प्रत्येक रातजसो फूलकोबी, बन्दाकोबी, भान्टा र मुलासहितका तरकारी सखाप पार्ने गर्छ ।

जिल्लाको बर्दिबास नगरपालिकाका दक्षिणतर्फका बस्ती मनहरीपुर, पशुपतिनगर, प्रेमनगर, बिजलपुरा र हाथीलेट एवं भङ्गाहा नगरपालिकाका प्रेमनगर, रामनगर, पलार, भुचक्रपुर, राजपुर र धतियाटोलतिर चार(पाँच वर्षदेखि बँदेल अड्डै जमाएर बस्ने गरेका पशुपतिनगरका किसान महेन्द्र महतोको भनाइ छ । बँदेलले त कैयन छिमल बच्चा यतै हुर्काइसकेका रामनगर बस्तीका किसान नारायण दाहाल बताउछन् । दुम्सी आफ्ना बस्तीमा छ्यासछ्यास्ती देखिने गरेका दाहालको भनाइ छ ।

नीलगाई र बँदेल जिल्लाका तल्ला बस्तीसम्म देखिए पनि बालीनालीमा उपद्रो मच्चाउने बाँदर भने वन क्षेत्र वरिपरिका बस्तीबाट तल झर्दैन । उत्तरी क्षेत्रका बर्दिवास, हाथीलेट, बेलगाछी, गौरीडाँडा, लक्ष्मीनिंया र खयरमारासहितका बस्तीमा त घरघरै बाँदर पसेर दुःख दिने गरेको छ । वन क्षेत्रमा खानेकुराको अभाव हुनु र शिकारीको चहलपहल बढ्न थालेपछि जङ्गली बँदेल र अन्य जन्तु आहाराको खोजीमा बस्ती(बस्ती पसेका वन्यजन्तुको आनीबानी बुझेका हरुको भनाइ छ ।

Previous Post

अमेरिकाले आफ्नो आकाशमा देखिएको अर्को शंकास्पद वस्तु पनि खसाल्यो

Next Post

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

सम्बन्धित खबर

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी
आर्थिक

आलेखः आम्दानीको मुख्य स्रोत बन्दै दालचिनी

११ असार २०८३,
पाँच महिनामा ७२ अर्बको पेट्रोलियम पदार्थ आयात
आर्थिक

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा रु दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन

११ असार २०८३,
मनसुनजन्य विपद् नियन्त्रणको पूर्वतयारी
आर्थिक

कच्चा तेलको मूल्य घट्दा पनि नेपाली उपभोक्ताले राहत पाउन सकेनन् : महामन्त्री पौडेल

११ असार २०८३,
बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै
अन्तर्राष्ट्रिय

बेलायत : राजाले कर विवरण सार्वजनिक गर्दै

११ असार २०८३,
बिहीबारदेखि पुनः शेयर कारोबार हुने
आर्थिक

नेप्से परिसूचक आठ अङ्कले घट्यो

११ असार २०८३,
उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी
आवाज

उपराष्ट्रपति यादव स्वागत समारोहमा सहभागी

११ असार २०८३,
Load More
Next Post
तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

तमान गाउँमा जलायशयुक्त हाइड्रोपावरको योजना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In