• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 14, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

    प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

    भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन

    भोटेकोशी बाढीबाट कृषि क्षेत्रमा रु एक अर्बभन्दा बढीको क्षति

    अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन

    बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

    रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री

    प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२९ भदौ २०८३,
0
भोटेकोशी बाढी: एक हजार ३३१ शव फेला, पाँच हजार सम्पर्कविहीन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २८ भदौः रसुवा र आसपासको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीका कारण कृषि क्षेत्रमा ठूलो क्षति पुगेको राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले तयार पारेको द्रुत क्षति तथा आवश्यकता मूल्याङ्कन (आरएनडिएन) प्रतिवेदनले देखाएको छ ।

बाढीबाट विशेषगरी धान, तरकारी तथा पशुपन्छी क्षेत्रमा उल्लेख्य क्षति पुगेको देखिएको छ । उपलब्ध विवरणअनुसार प्रभावित क्षेत्रका विभिन्न स्थानीय तहमा धान खेतीतर्फ एक हजार ६६९ हेक्टर क्षेत्रफल प्रभावित भएको छ । जसमा पाँच हजार ८४३ टन धान उत्पादनमा क्षति पुगेको छ ।

त्यस्तै, तरकारी खेतीतर्फ १३७ हेक्टर क्षेत्रफल प्रभावित हुँदा करिब एक हजार ८४३ टन तरकारीमा क्षति पुगेको छ । भौगोलिक रुपमा हेर्दा नुवाकोटको बिदुर, लिखु तथा बेलकोटगढी, धादिङका बेनीघाट रोराङ, गजुरी, सिद्धलेक तथा गल्छी, गोरखाका गण्डकी र शहीद लखनलगायत स्थानीय तह प्रभावित भएका छन् ।

नुवाकोटको विदुरमा मात्रै ७०० हेक्टर धान उत्पादन हुने जग्गा प्रभावित हुँदा दुई हजार ४५० टन धानमा क्षति पुगेको छ । लिखुमा २३० हेक्टर प्रभावित हुँदा ८०५ टन धान र बेलकोटगढीमा २०० हेक्टर प्रभावित हुँदा ७०० टन धानमा क्षति पुगेको छ ।

धादिङको बेनीघाट रोराङमा २५ हेक्टर, गजुरीमा ७५ हेक्टर, सिद्धलेकमा ५८ हेक्टर र गल्छीमा ८७ हेक्टर धान खेती प्रभावित भएको छ । रसुवाको गोसाइँकुण्डमा १४० हेक्टर र उत्तरगयामा १४३ हेक्टर धान खेती प्रभावित भएको विवरणमा उल्लेख छ ।

तरकारीतर्फ नुवाकोटको विदुर सबैभन्दा बढी प्रभावित भएको देखिन्छ । विदुरमा ९८ हेक्टर तरकारी क्षेत्र प्रभावित हुँदा अनुमानित एक हजार ३२३ टन तरकारी उत्पादनमा क्षति पुगेको छ । धादिङको बेनीघाट रोराङमा नौ हेक्टर, गजुरीमा सात हेक्टर, सिद्धलेकमा दुई हेक्टर र गल्छीमा १४ हेक्टर तरकारी क्षेत्र प्रभावित भएको छ ।

पशुधनतर्फ एक अर्ब ११ करोडको क्षति

बाढीबाट पशुपन्छी क्षेत्रमा पनि उल्लेख्य क्षति पुगेको छ । उपलब्ध विवरणअनुसार कुल दुई लाख ५२ हजार ४४५ पशुपन्छी प्रभावित भएका छन् । पशुपन्छीको क्षतिको अनुमानित मूल्य रु १११ करोड ३९ लाख रहेको छ ।

सबैभन्दा धेरै सङ्ख्या कुखुराको रहेको छ । बाढीबाट करिब दुई लाख १४ हजार ८२७ कुखुरा प्रभावित भएका छन् । सङ्ख्या हिसाबले यो कुल पशुपन्छीको ८५.१ प्रतिशत हो तर कुखुराको मूल्य हिस्सा भने कुल क्षतिको ४.८ प्रतिशत मात्रै छ ।

बाढीका कारण चार हजार ५७२ भैंसी प्रभावित हुँदा रु ४५ करोड ७२ लाख पुगेको अनुमान छ । यो कुल पशुधन क्षतिको ४१ प्रतिशत हो । त्यस्तै, बाख्रा÷च्याङ्ग्रामा रु ३९ करोड १३ लाख अर्थात् कुल क्षतिको ३५.१ प्रतिशत र गाईगोरुमा रु १७ करोड ९२ लाख अर्थात् १६.१ प्रतिशत क्षति भएको छ ।

अन्य पशुमा रु एक करोड ४ लाख, बङ्गुर÷बँदेलमा रु एक करोड ९६ लाख, भेडामा रु २५ लाख, कुखुरामा रु पाँच करोड ३७ लाख र अन्य चरामा करिब रु एक लाख बराबरको क्षति भएको तथ्याङ्कमा उल्लेख छ ।

कुल पशुधन क्षतिमध्ये भैँसी, बाख्रा÷च्याङ्ग्रा र गाईगोरु मात्रैबाट ९२.३ प्रतिशत क्षति भएको देखिन्छ । यसले बाढीबाट कृषकको आम्दानी र ग्रामीण अर्थतन्त्रमा पशुपालनतर्फको प्रभाव पनि गम्भीर रहेको देखाउँछ ।

Previous Post

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

Next Post

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

metakhabar

metakhabar

सम्बन्धित खबर

बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !
आवाज

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

२९ भदौ २०८३,
अन्ततः राजीनामा नदिने मनस्थितिमा पुगे बालेन
आवाज

बालबालिकामा गरिने लगानी राष्ट्रको सुखद भविष्यका लागि होः प्रधानमन्त्री

२९ भदौ २०८३,
भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं
फिचर-ब्यानर

भोटेकोशी बाढी संरचनात्मक मानवीय सङ्कटः महासचिव चापागाईं

२९ भदौ २०८३,
तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती
फिचर-ब्यानर

तीजमा भक्तपुरको केदारनाथ मन्दिर पहिलोपटक सर्वसाधारणका लागि खुला, साँझ महाआरती

२९ भदौ २०८३,
रुग्ण उद्योग र संस्थानहरूमा आशालाग्दा परिणाम देखिन थालेका छन् : प्रधानमन्त्री
आवाज

प्रधानमन्त्री शाहद्वारा हरितालिका (तीज) को शुभकामना

२९ भदौ २०८३,
सुशासनलाई केन्द्रमा राखेर संविधान संशोधन गरौँः सभापति थापा
जीवन शैली

नेपाली महिलाको भावना र आस्थाको धरोहर ‘तीज’: गगन थापा

२९ भदौ २०८३,
Load More
Next Post
बालेनको व्यंग्य- बत्ती काटेर सरकारले पावर महसुस गरायो !

प्रधानमन्त्री शाहसँग विपद् सङ्कटग्रस्त क्षेत्रका जनप्रतिनिधिको छलफल सुरु

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In