• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 12, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

    सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने

    यी प्रदेशहरूमा भारी वर्षा हुने

    भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा

    बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

    अज विश्व प्राथमिक उपचार दिवस

    अज विश्व प्राथमिक उपचार दिवस

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    ‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बाँदर–बँदेल रोक्न दिनमा हेरालु, रातमा काँडेतार

metakhabar by metakhabar
२७ भदौ २०८३,
0
पोखरामा राष्ट्रिय जैविक विविधता रणनीति छलफल : बाँदर समस्या बढ्दो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पाल्पा। दुई वर्षअघि यहाँको रिब्दीकोट गाउँपालिका–१ ख्याहाका किसान बिहान उज्यालो नहुँदै बारीमा पुग्ने, दिनभरि मकैका बोट नियाल्ने र बाँदरको बथान देखिनेबित्तिकै गुलेली र नक्कली बन्दुक लिएर धपाउने गर्थे । साँझ परेपछि पनि उनीहरु घर फर्किन पाउँदैन थिए । रातभरि बँदेल बारीमा पसे कि भन्ने चिन्ताले सधैँ पिरोल्ने गथ्र्यो । खेती गरेर पनि उत्पादन घर भित्र्याउन नसकेपछि कतिपय किसान खेतीबाटै निराश हुन थालेका थिए । तर अहिले वडा कार्यालयले गाउँगाउँमा बाँदर हेरालु कर्मचारीदेखि, कृषकको बारीमा काँडेतार जालीको व्यवस्था गरेपछि भने किसानलाई राहात मिलेको छ । वडा कार्यालयले २०८० सालदेखि बारीमा हेरालुको व्यवस्था गर्नुका साथै जङ्गली जनावरबाट बाली जोगाउन जाली लगाएपछि किसानलाई खेती गर्न सहज भएको हो ।

विगतमा जेठदेखि भदौसम्म मकै खेती जोगाउन स्थानीयले बिहानैदेखि रातिसम्म बारीमा बसेर बाँदर धपाउनुपर्ने अवस्था थियो । वडा कार्यालयबाट हेरालुको व्यवस्था भएपछि किसानले लामो समय बारीमा बसेर बाली कुर्नुपर्ने बाध्यता हटेको स्थानीय सूर्यबहादुर विकले बताउनुभयो । “दुई वर्षअघिसम्म रातिमा बँदेल र दिउँसोमा बाँदर आएर बाली खाएर हैरान पार्थे । अहिले हेरालु र जाली लगाएपछि जङ्गली जनावर आएर बालीनाली नोक्सान गरेको छैन,” सुनारले भन्नुभयो ।

दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास गरिएको छ । वडा कार्यालयले प्रत्येक वर्ष बाँदर लखेट्न नौ जनाका दरले हेरालु कर्मचारी खटाएर कृषकको मकै खेती जोगाउने अभियान नै सञ्चालन गरेको हो । वडा कार्यालयले साउन भदौका लागि बाँदर लाग्ने वडाको धैरेनी मेयालपानी क्षेत्रमा नौ जना हेरालु राखेर मकै खेती रेखदेख गर्दै आएको छ । ख्याहाको धैरेनी मेयालपानी, रातामाटा कोटफेरालगायतका क्षेत्रमा छ जना र जोगीथुम क्षेत्रमा तीन जना गरी नौ जना हेरालु राखेर बाँदर धपाउने काम गरेको छ ।

बाँदर हेरालु बिहान ०५ बजेदेखि राति ८ बजेसम्म निरन्तर कृषकको मकैबारी क्षेत्रमा खटिदै आएका छन् । बाँदर हेरालुलाई गुलेली, नक्कली बन्दुक, गोला बारुदलगायतका सामग्री उपलब्ध गराइएको छ । दिनको समयमा हेरालुले बारीमा आउने बाँदर धपाउने गरेका छन् भने बारी वरिपरि काँडेतारको जाली लगाएर रातिको समयमा बँदेल, दुम्सी, मृग, घोरललगायतका वन्यजन्तुलाई बालीमा प्रवेश गर्न रोक्ने प्रयास भएको स्थानीय रामप्रसाद न्यौपानेले बताउनुभयो । बाली जोगाउन निरन्तर निगरानी गर्नुपर्ने अवस्थाबाट मुक्त भएपछि किसान मकै खेतीप्रति थप उत्साहित भएको उहाँको भनाइ छ ।

जङ्गली जनावरबाट किसानले लगाएको बाली जोगाउन नसक्दा खेतीयोग्य जमिन बाझिँदै जाने र गाउँबाट बसाइँसराइ बढाउने जोखिम बढेपछि वडाबाट बजेट विनियोजन गरेर हेरालु र काँडेतार लगाउने कार्यक्रम ल्याइएको वडा अध्यक्ष चिरञ्जीवी पोखरेले बताउनुभयो । उहाँले भन्नुभयो “स्थानीय किसानको मागअनुसार बाँदर र बँदेर लाग्ने ठाउँहरुमा हेरालु र जालीको व्यवस्था गरेका छौँ ।”

चालु आर्थिक वर्षमा थप ५०० मिटर क्षेत्रमा काँडेतार जालीको बजेट बिनियोजन गरिएको वडा अध्यक्ष पोखरेलले बताउनुभयो । वडा कार्यालयले गत वर्षमात्र नमुनाका रूपमा जङ्गली जनावरले अत्यधिक दुःख दिने स्थानमा काँडेतार जाली लगाएको थियो । जसले गर्दा बाँदर जालीमा चढ्नसमेत कठिनाइ हुने, रातिमा आउने बँदेल, दुम्सी, मृग, घोरल र खरायो जस्ता जनावार नियन्त्रणमा आएको थियो ।

बिहान ०५ बजेदेखि राति ८ बजेसम्म बारी आसपासमा आफुहरु खटिने गरेको बाँदर हेरालु विष्णुबहादुर सुनारले बताउनुभयो । “बाँदर आएको बेला सबै जना मिलेर धपाउँछौँ । तर सामान्य समयमा हेरालु आफैँले नै बारी हेर्ने भएकाले किसानलाई निकै सजिलो भएको छ,” सुनार भन्नुहुन्छ ।

जङ्गली जनावरको समस्या ख्याहाको मात्रै होइन । पाल्पासहित पहाडी जिल्लाका धेरै गाउँमा बाँदर, बँदेल, दुम्सी, मृगलगायतका वन्यजन्तुले किसानलाई हैरान पार्दै आएका छन् । एउटा वडाले हेरालु राख्दैमा वा केही १०० मिटर काँडेतार लगाउँदैमा समस्या पूर्ण रूपमा समाधान हुँदैन । तर ख्याहाले देखाएको बाटोले भने समस्या समाधानका लागि किसान र स्थानीय सरकारबीचको सहकार्य प्रभावकारी हुन आवश्यक देखाएको छ ।

Previous Post

एसीसी प्रिमियर कपको फाइनल: नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै

Next Post

आम्दानीको स्रोत बन्यो रातो च्याउ

metakhabar

metakhabar

सम्बन्धित खबर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार
फिचर-ब्यानर

भोटेकोशी बाढीपछि सेनाको सक्रियता, हवाई उद्धारबाट ४ हजार १३७ जनाको उद्धार

२७ भदौ २०८३,
सुदुरपश्चिम केन्द्रित वर्षा जारी, भोलिबाट विस्तारै कम हुने
फिचर-ब्यानर

यी प्रदेशहरूमा भारी वर्षा हुने

२७ भदौ २०८३,
भोटेकोसीमा बहाब बढे पनि ठूलो बाढीको जोखिम छैन : महाशाखा
समाचार

बाढीपीडितका लागि राहत सङ्कलन तीव्र, विभिन्न संस्थाबाट करोडौँ रकम जम्मा

२७ भदौ २०८३,
अज विश्व प्राथमिक उपचार दिवस
समाचार

अज विश्व प्राथमिक उपचार दिवस

२७ भदौ २०८३,
‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता
समाचार

‘अशक्तको घरमा प्रजिअ’ कार्यक्रम : बहत्तर वर्षीया विकलाई नागरिकता

२७ भदौ २०८३,
कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य
समाचार

कालिका नगरपालिकाबाट ‘स्मार्ट कार्ड लाइसेन्स’ वितरण सुरु, भरतपुरसम्म आउनुपर्ने बाध्यता अन्त्य

२७ भदौ २०८३,
Load More
Next Post
आम्दानीको स्रोत बन्यो रातो च्याउ

आम्दानीको स्रोत बन्यो रातो च्याउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In