• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, September 11, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन

    बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन

    न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

    न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

    पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा

    राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

    राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

    जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

    जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

metakhabar by metakhabar
२६ भदौ २०८३,
0
पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गर्छौंः सभापति थापा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, २६ भदौः नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताउनुभएको छ ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आज यहाँ आयोजना गरेको ‘समीक्षा तथा भावी योजना’ कार्यक्रममा बोल्दै सभापति थापाले पार्टीको आगामी १५औँ महाधिवेशनमा भाग लिनबाट कसैलाई वञ्चित नगरिएको भन्दै पार्टीलाई एकताबद्ध बनाएर नागरिकसँग टुटेको विश्वासलाई पुनःस्थापना गरिने बताउनुभएको हो ।

सभापति थापाले पार्टीको १५औँ महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आगामी असोज ३ र ४ गते हुने र केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने भन्दै महाधिवेशनको तिथीमिति तलमाथि नहुने बताउनुभयो । संविधान र पार्टीको विधानअनुसार असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन सम्पन्न हुने उहाँको भनाइ थियो ।

सभापति थापाले पार्टीको महाधिवेशन र चाडपर्वपछि कांग्रेस ७७ वटै जिल्ला र गाउँगाउँ पुग्ने बताउनुभयो । सबैले पार्टीको महाधिवेशनमा भाग लिने उहाँले बताउनुभयो । “पार्टी एकताबद्ध बनाउने ठाउँमा नरम हुने हो, पार्टीभित्रको फोहर सफा गर्ने कुरामा निर्मम हुने हो,” उहाँले भन्नुभयो ।

सभापति थापाले गिरिजाप्रसाद कोइराला आफ्नो राजनीतिक जीवनका लागि प्रेरणाका स्रोत भएको र २०४६ सालपछिको राजनीतिक पुस्ताका लागि उहाँ सधैँ मार्गदर्शक रहेको बताउनुभयो । उहाँले विशेष महाधिवेशनपछि पार्टीलाई अगाडि बढाउने सन्दर्भमा कांग्रेस नेत्री सुजाता कोइरालाले देखाएको उदारता र सहयोगको प्रशंसा गर्नुभयो । कांग्रेस नेत्री कोइरालाले पार्टी र युवा नेतृत्वप्रति देखाएको विश्वास र अभिभावकत्वका लागि सभापति थापाले धन्यवाद दिनुभयो । उहाँले बिपी कोइरालाको विचार र गिरिजाप्रसाद कोइरालाको साङ्गठनिक सुदृढीकरणलाई आत्मसात् गर्दै पार्टीलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

विसं २०४८ मा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले अपनाएको आर्थिक उदारीकरण र खुला बजार नीतिले नेपालको आर्थिक विकासमा ठूलो सहयोग पुगेको सभापति थापाले बताउनुभयो । “विसं २०४८ देखि २०५१ सालसम्मको गिरिजाबाबुको सरकार नेपालको आर्थिक विकासको ‘स्वर्ण युग’ हो, उक्त समयमा नेपालले जलविद्युत्, दूरसञ्चार, बैंकिङ, शिक्षा र स्वास्थ्यजस्ता क्षेत्रमा फड्को मारेको छ,” उहाँले भन्नुभयो ।

गिरिजाबाबुले लिएको उदार अर्थतन्त्रको बाटोका कारण देश विकासको बाटोमा अगाडि बढेको भन्दै सभापति थापाले गिरिजाबाबुको ‘इकोनोमी पोलिसी’को बारेमा फाउण्डेशनले आगामी दिनमा अध्ययन अनुसन्धान गर्नुपर्ने उल्लेख गर्नुभयो ।

फाउण्डेशनकी अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले १६ वर्ष फाउण्डेशनको अध्यक्ष भएर सामाजिक क्षेत्रमा आफू क्रियाशिल रहेको बताउनुभयो । संस्थालाई अगाडि बढाउन सहयोग गर्ने सबैलाई उहाँले धन्यवाद दिनुभयो । उहाँले फाउण्डेशनका अध्यक्षका रुपमा १६ वर्षपछि पूर्वसांसद एवं समाजसेवी डा सुनिल शर्मालाई पद हस्तान्तरण गर्नुभयो । कोइरालाले गिरिजाप्रसाद कोइरालालाई कृष्ण सेनमार्फत तत्कालिन माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटाउन पार्टीका पूर्वसांसद एवं सामाजिक व्यक्तित्व डा शर्माले खेलेको भूमिका स्मरण गर्नुभयो ।

फाउण्डेशनले आगामी दिनमा पनि सामाजिक क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने अध्यक्ष कोइरालाको भनाइ थियो । नेत्री कोइरालाले जनआन्दोलनका समयमा वर्तमान कांग्रेस सभापति गगनकुमार थापाले खेलेको भूमिकाको उच्च प्रशंसा गर्नुभयो ।

फाउण्डेशनका नवनियुक्त अध्यक्ष डा शर्माले फाउण्डेशनलाई थप उचाईमा पु¥याउन आफू सक्रिय भएर लाग्ने बताउनुभयो । गिरिजाबाबुको कारणले निजी क्षेत्रले मेडिकल कलेज खोल्न पाउने व्यवस्थाको सुरुआत भएको उहाँले स्मरण गर्नुभयो । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले आगामी एक वर्षमा पैसाको अभाव भएका एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा शर्माले घोषणा गर्नुभयो ।

फाउण्डेशनका सदस्य अजयकुमार राइले सन् २०११ मा स्थापना भएको फाउण्डेशनले विभिन्न सामाजिक काम गर्दै आएको जानकारी दिनुभयो । फाउण्डेशनका अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरेले मुलुकमा बृहत् शान्ति सम्झौता स्थापना गर्न गिरिजाबाबुले खेलेको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा गिरिजाप्रसाद कोइराला फाउण्डेशन अमेरिका शाखाका अध्यक्ष सोमनाथ घिमिरे र फाउण्डेशनका रिसर्च डाइरेक्टर डा तारा बन्जाडेलाई सम्मान गरिएको थियो ।

Previous Post

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

Next Post

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

metakhabar

metakhabar

सम्बन्धित खबर

बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन
अन्तर्राष्ट्रिय

बाढी प्रभावितप्रति अमेरिकी सहानुभूति, नेपाललाई ४० लाख डलरभन्दा बढी सहायता परिचालन

२६ भदौ २०८३,
न्याय खोज्दै गोरखा फाइनान्सका पीडित
आर्थिक

न्याय खोज्दै गोरखा फाइनान्सका पीडित

२६ भदौ २०८३,
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस
आवाज

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

२६ भदौ २०८३,
राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी
समाचार

राष्ट्रिय बाख्रा अनुसन्धान कार्यक्रमको स्रोत सामग्री उत्पादन लक्ष्यभन्दा बढी

२६ भदौ २०८३,
जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा
समाचार

जेनजी आन्दोलनको एक वर्षः स्वास्थ्य क्षेत्रमा सुधारको अपेक्षा

२६ भदौ २०८३,
चितवनबाट काठमाडौँ पठाइँदै दैनिक हजारौँ एलपी ग्यास सिलिन्डर
समाचार

चितवनबाट काठमाडौँ पठाइँदै दैनिक हजारौँ एलपी ग्यास सिलिन्डर

२६ भदौ २०८३,
Load More
Next Post
राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

राष्ट्रपति पौडेलसमक्ष मधेसी आयोगको वार्षिक प्रतिवेदन पेस

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In