नुवाकोट । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा नुवाकोटको ढुङ्गे पुगेका छन् ।
देउवाले बाढी तथा पहिरोका कारण ढुङ्गे क्षेत्रमा पुगेको क्षतिको स्थलगत अवलोकन गरेका हुन् । अवलोकनका क्रममा उनले बाढीबाट प्रभावित क्षेत्र, क्षतिग्रस्त संरचना तथा स्थानीय अवस्थाबारे जानकारी लिएका छन् ।
उनले बाढी प्रभावित स्थानीयवासीसँग समेत भेट गरी उनीहरूको समस्या र आवश्यकताबारे जानकारी लिएका छन् ।













